back
himalayan life

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । लक्ष्मी बैंकको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन हो ।

बैंकले गत असार २८ गतेदेखि खुला गरेको ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा छिटोमा असार ३१ गते वा ढिलोमा साउन ११ गते बन्द हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेकै कारण यो ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको हो।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन सकिने जनाएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गरेको छ। कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ८ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ।

१० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत असार १५ गते निष्कासन अनुमति दिएको थियो। यसमा लगानीकर्ताले वार्षिक ८।५ प्रतिशत ब्याज पाउनेछन्।

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...