back

अष्ट्रेलियाली राजदुतद्वारा त्रिवि शिक्षण अस्पताललाई ४१ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलीसिटी वोल्कले मंगलबार त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । राजदुतले करिब रु ४१ लाख बराबरका दुई स्वास्थ्य उपकरणहरु संस्थानका डिन, प्रा.डा. दिव्या सिंह शाह र त्रिवि शिक्षण अस्पताल फरेन्सिक बिभागका डा. समारिका दाहाललाई हस्तान्तरण गरेका हुन् ।

अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट दुई जना अष्ट्रेलियाली विश्वविद्यालयहरुका अल्मुनाई – प्राडा शाह र डा. दाहाललाई उनीहरुको कार्यमा थप सहयोग गर्न अल्ट्रासाउन्ड मेसिन र पोर्टेवल डेन्टल एक्सरे मेसिन प्रदान गरिएको हो ।

डेण्टल एक्सरे मेसिन त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन बिभागमा बिपद् पीडित ब्यक्तिहरुको पहिचान गर्ने कामलाई बिस्तार गर्न प्रयोग गरिने छ । डा. दाहाल डेण्टल एक्सरे बाट पहिचान गर्ने बिधामा नेपालको पहिलो ब्यक्ति हुनुहुन्छ र चिकित्सा पेसाप्रतिको प्रतिवद्धता, नेपालमा स्वास्थ्य सेवामा उहाँको योगदान र अष्ट्रेलिया अवार्डस् महिला नेतृत्व संजाल नेपालमामा उहाँको सकृय सहभागिताको कदर स्वरुप प्रदान गरिएको हो ।

आईओएमका डिन प्राडा शाहमार्फत प्रदान गरिएको अल्ट्रासाउण्ड मेसिन डा. शाहको मृगौला रोग र अंगप्रत्यारोपण क्षेत्रमा योगदानको लागि प्रदान गरिएको हो ।

उक्त उपकरणहरु हस्तान्तरण गर्दै राजदुत वोल्कले भने “अष्ट्रेलिया सरकारको नेपाल कोभिड-१९ बिकास सहयोग योजना अनुसार नेपालको स्वस्थ्य सुरक्षाको क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध रहेको छ । यो योजनाले नेपाललेसमानान्तर रुपमा झेलिरहेका विभिन्न प्रकारका चुनौतिहरु र अति जोखिममा रहेका समुदयलाई सहयोग केन्द्रित गर्नेछ ।”

“विगत केहि महिना देखि स्वास्थ्य प्रणालीहरुधेरै दवाव देखिएको छ र नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु लाई परेको जटीलता र तनावको म कल्पना मात्र गर्न सक्छु । मलाई आशा छ अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट प्राप्त यो सहयोगले नेपालको स्वस्थ्य प्रणालीमा सहयोग गर्नेछ र दशकौं देखि नेपाल र अष्ट्रेलियाले एकआपसमा गरेको मित्रवत सहयोगको सम्झना गराउनेछ ।”

२०७८ असार २३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...