back

९ प्रतिशत ब्याज दिने ज्योति विकास बैंकको ऋणपत्र आजदेखी बिक्री खुला

काठमाडौँ । ज्योति विकास बैंकले ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आज (असार २० गते)बाट निष्कासन गरेको हो ।

बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र बिक्री गरेको हो । जसमा ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वासाधारणका लागि निष्कासन गरिने कुल ६ लाख इकाइमध्ये ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणका लागि छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ । ऋणपत्रको छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते निष्कासन बन्द गरिनेछ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र १० वर्ष अवधिको रहेको छ भने लगानीकर्ताहरुले वार्षिक ९ प्रतिशत ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

२०७८ असार २० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...