back

एनआई सी एशिया बैंक कर्मचारी संघ यसरी उत्रियो सासु कोषको विरुद्धमा

काठमाडौँ । नेपाल सरकारद्धारा नयाँयुगको सुरुवातभन्दै भव्यरुपमा सुरुवात गरिएको योगदान माआधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको हुनाले एनआई सी एशिया बैंक कर्मचारी संघ उक्त योजनाको विरोधगर्दै आजमिती २०७८÷३÷१८ गते यस संघले देशैभरी एनआई सी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै विरोध प्रर्दशन गरेको छ ।

सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न संघ सरोकारवालाहरुलाई आग्रह गरेको हो ।

यस योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नु पर्ने आवस्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतकाउपलब्धिहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनमा कदापी संलग्न हुन नसकिने संघले जनाएको छ ।
हालको व्यवस्था न्युनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखीए पनि लामो समय सम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई भने खासै आवस्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मुर्तरुप दिन बैंकिङ्ग क्षेत्रका कर्मचारी वर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने हाम्रो माग रहेको छ ।

सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारी वर्गको हितको लागी यो योजनाले कामगर्ने छ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ्ग कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागु गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ । साथै माग पुरा गरी न्यायोचित ढङ्गबाट उक्त सामाजिक सुरक्षाकार्यविधी परिमार्जन नगरेसम्म यो दबाब निरन्तर रहने संघले जनाएको छ ।

साथै संघद्धारा जारि विज्ञप्तिमा भनिएको छ “एनआई सी एशिया बैंक कर्मचारी संघ यस योजनामाजाँदैनौ भन्नेहोइन तर यथावस्थामाजुनविभेद गरिएको छ,त्यसको हामीविपक्षमा छौं र हामीले राखेका बुँदागतमाग पुरा नहुँदासम्मविरोध कार्यक्रमजारी राख्नेछौं ।” हामीआशावादी छौं यस जनता उन्मुख सरकारले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरि हाम्रो मागको यथासिघ्र सम्बोधन गर्नेछ र ऐनमै हाम्रा मागहरुलाई प्रत्याभुत गर्नेछ ।

 

२०७८ असार १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...