back

हवाइ टिकट अनलाइनबाटै खरिद गर्न आग्रह

काठमाडौँ । निषेधाज्ञा पश्चात सूचारु भएका हवाई उडानका लागि टिकट अनलाईनबाटै खरिद गर्न आग्रह गरिएको छ । कोभिड १९ को दोस्रो लहरका कारण गरिएको लकडाउनपछि सूचारू हवाई सेवालाई सकेसम्म व्यवस्थित र कोभिड जोखिमलाई कम गर्न अनलाइनबाटै निकट बुकिङ गर्न आग्रह गरिएको हो ।
सरकारले असार १७ गते बिहिबार देखि स्वास्थ्य मापदण्ड अपनाइ हवाइ उडान सुचारू गरेको छ ।

बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोशीले कोभिड १९ को जोखिम रहेको हुँदा आफैले अनलाइन टिकट बुकिङ गर्दा जोखिम पनि नहुने र सहज पनि हुने भएकाले अनलाइन मार्फत बुकिङ गर्न आग्रह गरे ।

यस्तै यति एयरलाइन्स्का बिजनेस डाइरेक्टर युवराज विष्टले पनि कोभिड १९ का सबै स्वास्थ्य मापदण्ड पुर्याएर सेवा सञ्चालन गरिएको हुँदा अनलाइन मार्फत टिकट बुकिङ गरि ढुक्क भएर यात्रा गर्न आग्रह गरेका छन्।

इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामीछानेले भने हामीले पहिलेदेखि नै इसेवामार्फत एयरलाइन्स् टिकट काट्नका लागि प्रोत्साहन गर्दै आइरहेको बताउँदै अहिले कोभिडको समयमा जोखिम पनि कम हुने र आकर्षक क्यासब्याक तथा रिवार्ड प्वाइन्ट पाइने हुँदा इसेवा उत्तम विकल्प हुने बताए ।

बिहिबारदेखि बुद्ध एअरका ३१, यती एअरका १५, श्री एअरले सात, सौर्य एअरका तीन, नेपाल एअरका दुई, तारा एअरका दुई, समिट एअरका दुई र सीता एअरका दुई गरी दैनिक ६४ वटा हुँदै आएका छन् ।

२०७८ असार १८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...