back

साना मात्रै कम्पनीको कारोबार गर्ने ‘एसएमई प्लेटफर्म’ को व्यवस्था गर्दै बोर्ड

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साना कम्पनी अर्थात थोरै मात्र कित्ता भएका कम्पनीको कारोबारका लागि छुट्टै विशेष प्लेटफर्म आउने भएको छ । नेपालको सेयर बजारमा थोरै कित्ता भएका सेयरहरुमा निकै धेरै चलखेल हुने गरेको पाईएपछि बोर्डले चलखेल रोक्न यस्तो व्यवस्था गर्न लागेको हो ।

थोरै मात्र कित्ता सूचीकृत भएका साना कम्पनीहरुको सेयर कारोबारमा हुनसक्ने चलखेललाई रोक्ने उद्देश्यले त्यस्ता कम्पनीहरुको मात्र सेयर कारोबार गर्ने गरि विशेष प्लेटफर्म तयार गर्न लागिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।

उनले निकट भविष्यमै थोरै कित्ता मात्र सेयर जारी गरेका साना कम्पनीहरुको मात्र कारोबार हुने एसएमई प्लेटफर्म संचालन कार्यन्वयनमा बारे छलफल भईरहेको बताएका हुन् ।
उनले यसका लागि बोर्डले आवस्यक तयारी गरेर अगाडी बढीरहेको बताउँदै भने ‘ साना कम्पनीहरुको मात्रै कारोबार हुनेगरी निश्चित सीमा र मापदण्ड तोकेर नयाँ प्लेटफर्मको रुपमा एसएमई प्लेटफर्म बनाउने तयारी भईरहेको छ, यसको काम सुरु भइसकेको छ । नेप्सेले जतिसक्दो छिटो सिस्टम तयार गर्छ, त्यति छिटो यो व्यवस्थाको सुरुवात हुन्छ ।’

उनले थपे ‘साना कम्पनीहरुको एसएमई इण्डेक्स बनेपछि बजारमा धेरै ठूलो संख्यामा सेयरको आपूर्ति भएका कम्पनीहरुको पनि छुट्टै इण्डेक्स तयार हुनेछ ।’

उनले साना र ठूला कम्पनीको अलग अलग कारोबार प्लेटफर्म र इण्डेक्स तयार गर्दा नेप्सेको इण्डेक्स गणना विधि अझ बास्तविक, वैज्ञानिक हुने बताए । उनले भने ‘यो प्रयोगले इण्डेक्सको भोलाटिलिटी बढाउनेछ । बजार धेरै उतारचढाव हुने अवस्था आउन दिंदैन, बजारप्रति हेर्ने दृष्टिकोण सुधार्छ ।’

यो व्यवस्था अनुसार थोरै कित्ता सेयरको आपूर्ति भएका कम्पनीहरुको मूल्य चाँडो चाँडो परिवर्तन भइराख्ने र त्यस्ता कम्पनीहरुलाई एउटा समूहमा राखिने छ भने धेरै आपूर्ति भएका र मूल्यमा धेरै उतारचढाव नहुने हुँदा ठूला कम्पनीहरुका लागि मेन प्लेटफर्म तयार गरी कारोबारको व्यवस्था मिलाउने तयारी भईरहेको ढुंगानाले बताए । यस्तो व्यवस्थाले लगानीकर्ताले कुन तहको जोखिम लिने भन्ने विषय निर्णय गर्न पनि सहयोग पुग्ने उनको भनाई छ ।

२०७८ असार ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...