back
nactional

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण र बीमा कम्पनीहरुको मिलेमतोमा लाखौं बीमितलाई ठगी गर्ने गरेको खुलासा गरेको छ ।  विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ठगी गर्ने गरेकोे अरोपसमेत लगाएको छ ।

संघका अध्यक्ष राजेन्द्र अमात्यले बीमा कम्पनीहरुले लाखाैं बीमितलाई ठगी गरिरहेको खुलासा गरेका छन् । बीमितलाई बिमाङ्क दोब्बर दिने भनेर निकै कम रकम भुक्तानी गर्नेे गरेको तथा प्रति वर्ष प्रति हजार ६५ रुपैयाँ बोनस दिने भनेर ३७ मात्रै दिने गरेको अमात्यले जानकारी दिए ।

विगतमा सोको विरुद्धमा अभिकर्ताहरुले आवाज उठाई आठ वर्षसम्म रु ६५ बोनस कायम गर्न सफल भएको तर पछिल्ला पाँच वर्षमा अभिकर्ताहरुकोबीचमा विभाजन ल्याई बोनसलाई रु ५० झारेको उनको अमात्यको कथन छ ।

कम्पनीहरुका वित्तीय प्रगतिका सुचाङक बढ्ने तर बीमितलाई दिइने बोनस बढ्नुको सट्टा घट्नुले बीमाप्रति जनसाधारणको धारणामा नकारात्मक बन्दै गएको उनले बताए ।

‘हामीले आजसम्म यो विषय बाहिर ल्याएका थिएनौं तर अब ल्याउन बाध्य भयौं । किनकी अग्रणी ‘नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी’ले धेरै बदमासी गर्न थाल्यो’उनले भने ।

अमात्यले लाखौं बीमितलाई झुट्टा आस्वासन दिएर बीमा गर्न लगाउने र अबधी समाप्त भएपछि विभिन्न बहानामा अत्याधिक रकम कटाएर दिने गरेको जानकारी दिए ।

अभिकर्ताहरुले कम्पनीको ‘पोलिसी’ अनुसार बीमितलाई बीमा गर्न लगाउने हुँदा मारमा अभिकर्ता पर्ने गरेको बताए । ‘जनतको रकमलाई दुरुपयोग गरी नाफा कमाउने कम्पनी अनि समस्या जति अभिकर्ताको थाप्लो हाल्ने, कहिलेसम्म सहने?’ अमात्यले प्रश्न गरे ।

आफूहरुले विभिन्न समयमा नियामक निकाय नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुलाई खबरदारी गर्दा पनि नसुनेको बरु ज्यादी बढाएको उनको आरोप छ ।

संघका महासचिव केशर बहादुर गरन्जाले नेपाल लाईफ इन्स्योरेन्सले भदौ ३ देखि ६ सम्म काठमान्डौंस्थित होटल याक एन्ड यतिमा आयोजित ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रममा अभिकर्ताहरुले कम्पनीको बदनीयतको विरोध गरेपछि ज्यादती बढाएको जानकारी दिए ।

त्यहाँ कार्यरत अभिकर्ताहरूलाई दुव्र्यवहार गरिएको तथा सांगठनिक अधिकार खोज्दा पक्राउ गरिएको आरोप गरन्जाको छ । ‘६ सय उपस्थित भएको कार्यक्रममा तीन सय जना बाउन्सर किन चाहियो, तीनको खर्चको स्रोत के हो, आधिकारिक संगठनमाथि पूर्वाग्रही बन्नुपर्ने कारण के’ गरन्जाले प्रश्न गरे ।वर्षभरि मेहनत गरी प्रथम बिमाशुल्क संकलनमा योगदान पु¥याएका अभिकर्ताहरूलाई सम्मानका लागि बोलाइएको कार्यक्रममा उल्टै उनीहरूमाथि दुव्र्यवहार गरेको भन्दै गरन्जाले रोष व्यक्त गरे ।

‘बाउन्सर लगाएर कुटपिट, लछारपछार, गल्हत्याउने मात्रै गरिएन राज्य शक्तिको दुरुपयोग गरी प्रहरीले संघको नेपाल लाईफ अध्यक्ष कृष्ण प्रसाद आचार्य र इमाडोल शाखा समिति अध्यक्ष शुभचन्द्र शाहलाई गिरफ्तार गरिनु घोर निन्दनीय कार्य हो’ गरन्जाको कथन छ । उनले नेपालको संविधान, प्रचलित कानुन अनुसार श्रम विभागमा विधिवत् दर्ता भएको ट्रेड युनियनका नेतृत्वलाई अपमान गरिएको आरोप लगाए ।

कार्यक्रममा एउटा संघलाई काखी च्यापरेर अर्को संघलाई उपेक्षा गरी ऐन कानुनको समेत धज्जी उडाएको गरन्जाको धारणा छ । अभिकर्ताहरूबीच विभाजन ल्याई बीमितको बोनस घटाउने तथा इन्स्योरेन्स कम्पनीभित्रका वेथिति विरुद्ध उठेका आवाजहरुलाई कमजोर पार्ने षड्न्त्र भएको गरन्जाको दाबी छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सिमित गर्ने अर्थ समितिको निर्णय

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सिमित गर्ने अर्थ समितिको निर्णय

वि.सं.२०८३ भदौ ४ बिहीवार १८:०२

काठमाडौं । संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी...

मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक

वि.सं.२०८३ भदौ ४ बिहीवार १७:५७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आउन लागेका ठूला चाडहरु तीज,...

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नेतृत्वमाथि मुद्दा चलाइएकोमा सिबिफिनको गम्भीर ध्यानाकर्षण

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नेतृत्वमाथि मुद्दा चलाइएकोमा सिबिफिनको गम्भीर ध्यानाकर्षण

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:५९

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५८

काठमाडौं । एनएमबि बैंकले अनलाइनबाटै कर्जा आवेदन दिन र आवेदनको...

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि...

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...