सेयर बजारमा सुधार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट
वि.सं.२०८३ भदौ ४ बिहीवार
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा पुगेको छ।
आज ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ६ उपसूचकहरू हरियाली भएका छन्।सेयर बजारमा सुधार आउँदा माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
प्रकाशित समय : १५:५२ बजे






















