कति छ आज सुनचाँदीको भाउ ?
वि.सं.२०८३ भदौ २ मंगलवार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनपनि सुनको कारोबार यही मूल्यमा कारोबार भएको भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:२५ बजे






















