back
Naima

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ भव्य रूपमा सम्पन्न: १ लाख ८० हजार दर्शकद्वारा अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २६ गतेदेखि सञ्चालित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।

सवारी साधन पारखी, उद्यमी तथा सर्वसाधारणको उल्लेख्य र उत्साहजनक सहभागिताका साथ सम्पन्न यस एक्स्पोले समग्र अटोमोबाइल बजारमा नयाँ तरंग सिर्जना गरेको छ। नाइमाका अनुसार यस वर्षको मोबिलिटी एक्स्पो विगतका संस्करणहरूको तुलनामा भव्य, सुव्यवस्थित र अत्यन्तै सफल बनेको छ।

एक्स्पोको उपलब्धि र अवलोकनकर्ताको अवस्थाबारे जानकारी दिँदै नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले अघिल्लो संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक सो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई करिब १ लाख ८० हजार पुगेको बताइन्।

मेला अवधिभर नयाँ प्रविधिका सवारी साधनहरूबारे जानकारी लिने, उपभोक्ताको चासो देखाउने तथा बुकिङ गर्ने क्रम निरन्तर चलेकाले यसले समग्र अटोमोबाइल बजारप्रति सकारात्मक मनोविज्ञान प्रतिबिम्बित गरेको उनको भनाइ छ।

साथै, नाइमाले नीति निर्माण तथा सम्बन्धित निकायहरूसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अटो क्षेत्रको समग्र विकास, विस्तार र सुधारमा संस्थागत योगदानलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

“सुजुकी पर्वोत्सव”: दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव”: दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

वि.सं.२०८३ साउन ३१ आइतवार २०:४५

काठमाडौँ । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्पले दशैं तथा तिहारको...

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री

वि.सं.२०८३ साउन ३१ आइतवार २०:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको...

नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:२२

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल सिँगारिएका नयाँ गाडीहरू र तिनलाई...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३६

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन,...