back
Naima

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् ।

सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।

‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ ।’

नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए ।

‘एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ । सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस् । सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस् तर, विश्व बजारमा पुर्याउन अरू के–के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु ।’

नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित्न सकोस् भन्ने शुभकामना पनि उनले दिए । नेपालमा बनेको स्कुटर अमेरिकी पहाडहरूमा समेत दौडिन सकून् भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीहरूलाई यो ब्रान्ड मन परोस् र नेपालीहरूले खोजीखोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ भव्य रूपमा सम्पन्न: १ लाख ८० हजार दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ भव्य रूपमा सम्पन्न: १ लाख ८० हजार दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन ३१ आइतवार २१:३१

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा...

“सुजुकी पर्वोत्सव”: दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव”: दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

वि.सं.२०८३ साउन ३१ आइतवार २०:४५

काठमाडौँ । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्पले दशैं तथा तिहारको...

नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:२२

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल सिँगारिएका नयाँ गाडीहरू र तिनलाई...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३६

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन,...