“सुजुकी पर्वोत्सव”: दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना
वि.सं.२०८३ साउन ३१ आइतवार
काठमाडौँ । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्पले दशैं तथा तिहारको पावन अवसरलाई लक्षित गर्दै “सुजुकी पर्वोत्सव” नामक विशेष चाडपर्व ग्राहक योजना सार्वजनिक गरेको छ। यो योजना सुजुकीका सम्पूर्ण प्यासेन्जर कार, SUV तथा लाइट कमर्सियल गाडीहरूमा समान रूपमा लागू हुनेछ। ग्राहकहरूलाई सुजुकी गाडीको स्वामित्व थप सहज, किफायती र भरपर्दो बनाउने उद्देश्यले ल्याइएको यो अफरले कम्पनीको पारदर्शिता र उत्कृष्ट बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
सुजुकी पर्वोत्सव योजना अन्तर्गत नयाँ गाडी खरिद गर्ने ग्राहकहरूले रु. १ लाखसम्मको नगद छुट र रु. १ लाखसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै एक वर्षको निःशुल्क सवारी बीमा, निःशुल्क एक्सेसरिज तथा आवधिक मर्मत सेवा (PMS) अन्तर्गतका पार्ट्सहरू निःशुल्क उपलब्ध गराइनेछ। यो सुविधा सुजुकीका अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारा लगायतका सबै मोडेलहरूमा उपलब्ध हुनेछ, यद्यपि पाइने सुविधाहरू मोडेल अनुसार फरक–फरक हुन सक्नेछन्। यो सीमित अवधिको योजना २०८३ श्रावण २७ गतेदेखि कार्तिक मसान्तसम्म देशभरका सबै सुजुकी शोरूमहरूमा लागू रहनेछ।
यसैबीच पहिलेदेखि नै सञ्चालनमा रहेको “ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना” भने छुट्टै विशेष अफरका रूपमा यथावत् जारी रहनेछ। पहिलो १०० युनिटको बिक्री सम्पन्न भएपश्चात् ई–भिटारामा पनि सुजुकी पर्वोत्सव अन्तर्गतका मोडेल–विशेष सुविधाहरू स्वतः लागू हुनेछन्। विद्युतीय गतिशीलतालाई प्रवर्द्धन गर्ने क्रममा ई–भिटारा खरिदकर्ताहरूले गाडीसँगै आउने ३ किलोवाटको मानक चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर पनि निःशुल्क प्राप्त गर्नेछन्, जुन ग्राहकको घरमा चार्जर जडानको सम्भाव्यतामा आधारित हुनेछ।
सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तका अनुसार चाडपर्वको खुसीमा ग्राहकहरूलाई थप मूल्य र पारदर्शिता प्रदान गर्न यो योजना ल्याइएको हो। उहाँले सम्भावित ग्राहकहरूलाई आफ्नै नजिकको सुजुकी शोरूम वा २५ देखि ३० अगस्ट २०२६ सम्म आयोजना हुने नाडा अटो शोमा सहभागी भई गाडीका विभिन्न मोडेल र तिनमा उपलब्ध विशेष सुविधाहरूबारे विस्तृत जानकारी लिन आग्रह गर्नुभएको छ। सुजुकीका नेपालभर रहेका ४२ वटा अधिकृत आउटलेटहरूबाट गाडी बिक्री तथा बिक्रीपछिको सेवा सञ्चालन भइरहेको छ।
प्रकाशित समय : २०:४५ बजे





















