back
Naima

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना भइरहेको नाईमा अटो एक्स्पोमा चीनको बहुप्रतिष्ठित सवारी साधन निर्माता कम्पनी डोङफेङ (Dongfeng) का नयाँ बसहरू सार्वजनिक भएका छन्। हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले नेपाली बजारमा यी बसहरू बिक्री-वितरणका लागि सार्वजनिक गरेको हो। कम्पनीले एक्स्पोको अवसर पारेर हाल दुईवटा मोडलका विद्युतीय बसहरू प्रदर्शनीमा राखेको छ।
सन् १९६९ मा स्थापित चीन सरकारको स्वामित्वमा रहेको डोङफेङ मोटर कर्पोरेसन विश्वस्तरीय प्रविधि, गुणस्तर र सुरक्षाका लागि चिनिन्छ। पाँच दशकभन्दा लामो इतिहास बोकेको यो कम्पनीले यात्रुवाहक, व्यावसायिक तथा विद्युतीय सवारी साधन उत्पादन गरी विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ। नेपालमा यसअघि नै डोङफेङ ब्रान्डका कार, ट्रक र माइक्रोबसहरू लोकप्रिय रहँदै आएकाले नयाँ सार्वजनिक बसहरूले पनि बजारमा उच्च स्थान हासिल गर्ने अपेक्षा गरिएको छ।
नेपाल सरकारले पछिल्लो समय ठूला विद्युतीय बसहरूलाई प्राथमिकता दिने नीति लिएको र बजारमा पनि ठूला EV बसको माग बढेकाले कम्पनीले यी बसहरू नेपाल भित्र्याएको हो। आयाम इन्टरकन्टिनेन्टलले यसअघि फोर्स मोटर्स र म्याक्सस ब्रान्डका सवारी साधन बिक्री गर्दै आएको अनुभव बोकेको छ।
एक्स्पोमा सार्वजनिक गरिएका ७.२ मिटर लम्बाइका बसहरू दुईवटा भेरियन्टमा उपलब्ध छन्: २५+१ सिट क्षमताको कम्फर्ट बस र २७+१ सिट क्षमताको सिटी बस। यी बसहरूको सुरुवाती मूल्य रु १ करोड १४ लाख ५० हजार कायम गरिएको छ। साथै, एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई रु ५ लाख विशेष छुटको व्यवस्था गरिएको छ।
कम्पनीले ग्राहकको आवश्यकता अनुसार बसमा विभिन्न सुविधाहरू थप गर्ने विकल्प दिएको छ। यी बसमा ५ वर्ष वा २,००,००० किमीको वारेन्टी उपलब्ध गराइएको छ भने ग्राहकले थप ३ वर्षको extended वारेन्टी समेत खरिद गर्न सक्नेछन्। हाल सार्वजनिक गरिएका बसहरू बिना एयर कन्डिसनर (Non-AC) रहेका भए पनि माग अनुसार एसी, लक्जरी सिट र दुईवटा प्रवेशद्वार निःशुल्क जडान गर्न सकिनेछ (दुईवटा ढोका राख्दा सिट संख्या दुईवटा घट्नेछ)।
निकट भविष्यमा आयाम इन्टरकन्टिनेन्टलले ७.२ मिटरको स्कुल बस, ९ मिटरको ३८ सिट र १२ मिटरको ५२ सिट क्षमता भएका ठूला बसहरू पनि नेपाल ल्याउने योजना बनाएको छ। यी मोडलहरू नेपाली बजारमा उपलब्ध अन्य ब्रान्डका बसहरूभन्दा निकै कम मूल्यमा उपलब्ध गराइने र बुकिङमा विशेष छुट समेत दिइने कम्पनीले जनाएको छ। बिक्रीपछिको उत्कृष्ट सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालयन अर्गनाइजेसनले नेपालभर रहेका आफ्ना शाखा तथा डिलर नेटवर्क प्रयोग गर्नेछ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

वि.सं.२०८३ साउन २८ बिहीवार १९:०१

भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ...

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

वि.सं.२०८३ साउन २८ बिहीवार १३:३९

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ...

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

वि.सं.२०८३ साउन २७ बुधवार १५:२६

काठमाडौँ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित नयाँ...

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

वि.सं.२०८३ साउन २६ मंगलवार २२:२६

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव नाइमा नेपाल...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५०

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...