back
Naima

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

काठमाडौँ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित नयाँ पन्च ईभी फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर कम्पनीले यस अत्याधुनिक विद्युतीय गाडीको बिक्री सुरु गरेको हो ।

एक्स्पोलाई लक्षित गर्दै कम्पनीले नयाँ पन्च ईभीमा विशेष ’इन्ट्रडक्टरी अफर’ सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले यो प्रिमियम ईभी मात्र ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
यो मूल्य अघिल्लो संस्करणको तुलनामा करिब ४ लाख रुपैयाँले कम हो, जसले गर्दा एक्स्पोमा टाटाको स्टलमा ग्राहकको आकर्षण निकै बढेको छ ।

के छन् नयाँ विशेषता ?
नयाँ पन्च ईभी फेसलिफ्टमा ब्याट्री क्षमतालाई अझ परिष्कृत गरिएको छ । यसमा ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुईवटा ब्याट्री विकल्प उपलब्ध छन् । अघिल्लो मोडलको तुलनामा यसमा ५ किलोवाट आवर बढी क्षमता थपिएकाले यसले लामो दूरी (रेन्ज) तय गर्ने सुनिश्चितता प्रदान गर्दछ ।

चार्जिङ प्रविधिका हिसाबले यो गाडी निकै अगाडि छ । ६५ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा यसलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न मात्र २६ मिनेट लाग्छ । कम्पनीका अनुसार मात्र १५ मिनेट चार्ज गर्दा पनि १३५ किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ ।

आधुनिक डिजाइन र प्रिमियम फिचर्स
गाडीको बाहिरी बनावटमा १६ इन्चका एरो–अप्टिमाइज्ड एलोय ह्वील र नयाँ डिजाइनका एलईडी टेललाइटले यसलाई थप स्पोर्टी र आधुनिक देखाएको छ । भित्री भागमा दोहोरो रङको थिमसँगै १०.२५ इन्चको विशाल टचस्क्रिन र उस्तै साइजको डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ ।
आरामदायी यात्राका लागि यसमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी र ३६० डिग्री क्यामेरा जस्ता विलासी सुविधाहरू छन् ।

सुरक्षामा उच्च प्राथमिकता
सुरक्षाका दृष्टिकोणले टाटाले यस मोडलमा कुनै सम्झौता गरेको छैन। नयाँ पन्च ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम र आईएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचरहरू मानकका रूपमा उपलब्ध छन् ।
अघिल्लो मोडलको मूल्य ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म रहेकोमा नयाँ फेसलिफ्ट मोडल सस्तो मूल्यमा उपलब्ध हुनु नै यसको मुख्य प्रतिस्पर्धात्मक लाभ बनेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

वि.सं.२०८३ साउन २७ बुधवार १५:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना भइरहेको नाईमा...

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

वि.सं.२०८३ साउन २६ मंगलवार २२:२६

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव नाइमा नेपाल...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५०

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार २०:०४

काठमाडौँ । नेपाली बजारमा टाटा मोटर्सको नयाँ पन्च ईभी फेसलिफ्ट...

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

वि.सं.२०८३ साउन २६ मंगलवार १९:४४

काठमाडौँ । नेपालका लागि एथर स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी...