कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ
वि.सं.२०८३ साउन २४ आइतवार
काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईआ) सहित तीन जना पक्राउ परेका छन् ।
उनीहरुलाई सुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा सीईओ निरजविक्रम शाह, बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ की ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ पक्राउ परेका हुन्। सीईओ शाहको घर पनि सोही ठाउँ हो।
उनीहरू बैंकिङ कसुरको मुद्दामा फरार थिए। उनीहरुलाई थप कारबाहीका लागि शुक्रबार नै उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ। बैंक समस्याग्रस्त भएपछि नेपाल राष्ट्र बैंकले नै व्यवस्थापन सम्हाल्दै आएको छ। सोही व्यवस्थापन समूहका जाहेरीपछि प्रहरीले अनुसन्धान गर्दै मुद्दा दायर गरेको थियो।
प्रकाशित समय : १३:०० बजे





















