back
Naima

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित गर्दै सस्तो ब्याजदरको कर्जा योजना ल्याएको छ ।

बैंकले नबिल अटो लोन योजना अन्तर्गत विद्युतीय/आइस दुवै सवारी साधन खरिदका लागि ५.४४ प्रतिशत (फ्लोटिङ) ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकका अनुसार ग्राहकले ७ वर्षका लागि ८० लाख रुपैयाँसम्म कर्जा पाउने छन् । गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले अटो कर्जा लिँदा ०.७५ प्रतिशत प्रशासनिक शुल्क र ०.१५ प्रतिशत कमिटमेन्ट शुल्क तिर्नुपर्नेछ ।

ग्राहकले आफ्नो आम्दानीको ५० प्रतिशत बढी रकम किस्ता हुने गरी ऋण पाउने छन् । आम्दानी कर तिरेको रकमबाट प्रमाणित गर्नुपर्नेछ ।

यो कर्जा कम्तीमा २१ वर्ष नाघेको र बढीमा ७० वर्षसम्म व्यक्तिले मात्र पाउने छन् । कर्जा लिन व्यक्तिको हकमा ऋणी र जमानीको २/२ प्रति फोटो, नागरिकता वा राहदानी, नाता प्रमाण पत्र, विवाह दर्ता, कम्तीमा ६ महिनाको स्टेटमेन्ट, प्यान कार्ड (२५ लाख बढीको लागि) चाहिन्छ ।

संस्थाको हकमा दर्ता प्रमाणपत्र, प्यान/भ्याट प्रमाणपत्र, प्रबन्धपत्र/नियमावली, कर चुक्ता प्रमाणपत्र लगायत आवश्यक पर्नेछ । सबै कागजी प्रक्रिया पूरा गर्ने बित्तिकै ग्राहकले कर्जा पाउने बैंकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

क्रेडिट रेटिङ विवरण सार्वजनिक, कुन बैंकको रेटिङ कस्तो ?

क्रेडिट रेटिङ विवरण सार्वजनिक, कुन बैंकको रेटिङ कस्तो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:२३

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पछिल्ला पाँच आर्थिक...

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

वि.सं.२०८३ साउन २५ सोमवार १२:५२

काठमाडौं । नेपाली अटोमोबाइल बजारको ठूलो प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा...

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

वि.सं.२०८३ साउन २५ सोमवार ११:२१

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

वि.सं.२०८३ साउन २५ सोमवार ०९:०७

काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नाइमा...

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...