back

लीपमोटर ‘बी ०३ एक्स’ मासिक ४० हजार किस्तामै किन्न सकिने

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को नयाँ विद्युतीय कार आइरहेका छन् । यसैक्रममा शुक्रबारदेखि चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरको नयाँ क्रसओभर एसयूभी बी ०३ एक्स बिक्री सुरू भएको छ ।

नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बी ०३ एक्सको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यद्यपि, यो मूल्यमा पहिलो १०० ग्राहकले मात्र पाउने छन् । त्यसपछि यसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

‘भ्यालु फर मनि’ एसयूभीको रूपमा बजारमा आएको आएको बी ०३ एक्स मासिक ४० हजार रुपैयाँमै किन्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार विद्युतीय कार किन्न ६० प्रतिशतसम्म ऋण पाइन्छ भने सुरूमा ४० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्छ ।

सो अनुसार ग्राहकले अहिले ४४ लाख ९९ हजार रुपैयाँ मूल्यको बी०३ एक्स किन्ने ग्राहकले सुरूमा ४० प्रतिशत अर्थात् १७ लाख ९९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी २६ लाख ९९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा पाउने छन् ।

हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर इतिहासकै सस्तो छ । ग्राहकले सहजै ६/६.५ प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था छ । यस्तोमा ६.५ प्रतिशत ब्याजदरका आधारमा हिसाब गर्दा बी ०३ एक्स मासिक ४० हजार ८५ रुपैयाँ किस्ता तिर्ने गरी किन्न सकिन्छ । यो किस्ता ७ वर्ष कर्जा अवधिका आधारमा हिसाब गरिएको हो । सोभन्दा कम अवधिका लागि कर्जा लिने हो भने किस्ता रकम केही बढी पर्न जान्छ । नेपालमा लीपमोटर बी ०३ एक्स विभिन्न ५ कलर अप्सनमा उपलब्ध छ ।

यस्ताे छ बी ०३ एक्स एसयूभी

चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको एसयूभी नेपालमा बी ०३ नाममा आएको हो । बी ०३ एक्समा १४५ किलोवाटको इलेक्ट्रीक मोटर र ५३ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीले एकपटकको फुलचार्जमा ५०५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ । बी ०३ एक्सको ऊर्जा खपत प्रति १०० किलोमिटर १०.७ किलोवाट आवर रहेको छ ।

यसको डिजाइन आधुनिक, व्यवहारिक र एरोडाइनामिक शैलीमा तयार गरिएको छ । यसको अगाडि बन्द ग्रिल, स्लिम एलईडी हेडलाइट र स्माइल शैलीको लाइट छन् । बम्परको डिजाइन सफा र एरोडाइनामिक छ । यसको साइडमा फ्लेयर गरिएको ह्वील आर्च, कालो क्ल्याडिङ, सेमी हिडन डोर ह्याण्डल र फ्लोटिङ रूफ इफेक्ट छ । पछाडि एलईडी टेललाइट दिइएको छ ।

यसमा ५१० लिटरको फराकिलो बुटस्पेस छ भने पछाडिको सिट फोल्ड गरेर १६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६०५ एमएम छ । यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ । यसको अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन पाउन सकिन्छ ।

यसको इन्टेरियरमा टु स्पोक मल्टि फंक्सन स्टेयरिङ ह्वील, ८.८८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रीन रहेको छ। यसको इन्फोटेनमेन्ट सिस्टम क्वालकम ८२९५ ककपिट चिपद्वारा संचालित छ भने ‘क्वेन’को एआई असिस्टेन्ट जडान गरिएको छ।

यसमा सुरक्षाका लागि ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, ७ एयर ब्याग, रियर कन्सोल वार्निङ, फ्रन्ट एण्ड साइड लुकिङ वेभराडार, फ्रन्ट भ्यू मोनोकुलर क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, एबीएस, लेभल २ एडास लगायत फिचर छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

वि.सं.२०८३ साउन २४ आइतवार १२:०५

काठमाडौं । नेपाली बजारमा टीभीएसको पावरफुल प्रिमियम स्कुटर एनटर्क १५०...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार १०:१८

पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

वि.सं.२०८३ साउन २४ आइतवार १०:१५

काठमाडौं । नेपाली बजारमा लोकप्रिय टाटा पन्च ईभी अब ठूलो ब्याट्री...

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

वि.सं.२०८३ साउन २४ आइतवार १०:१२

काठमाडौं। चिनियाँ अटो जायन्ट जिली र जर्मन लक्जरी ब्रान्ड मर्सिडिज...

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १०:०५

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटो...