बढ्यो कर्मचारीको तलब (सूचीसहित)
वि.सं.२०८३ साउन २१ बिहीवार
काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारले यही साउन १ गतेदेखि नै लागू हुनेगरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको तलब वृद्धि गरेको हो ।
अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले नयाँ तलबमान स्वीकृत गरेको हो । नयाँ तलबमानअनुसार एक दिनको तलबबराबरको ग्रेड रकम र वृद्धिपश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताबापतको रकमसमेत कायम गरिएको छ ।
नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी तलब सरकारका मुख्य सचिवको ९० हजार ५९४ रुपैयाँ हुने भएको छ । अब नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्यसचिवसरह तलब पाउनेछन् भने प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५७६ रुपैयाँ हुनेछ ।निवृत्तिभरण पाउनेहरूको निवृत्तिभरण पनि अब १० प्रतिशत बढ्नेछ ।
प्रकाशित समय : १३:३४ बजे





















