back

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफामा उच्च वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा बैंकको खुद नाफा ८२.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ६४ करोड ५६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको मुख्य व्यवसायिक आम्दानी अर्थात् खुद ब्याज आम्दानीमा सुधार आएको छ। बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँको तुलनामा ६.९० प्रतिशतले बढी हो।

त्यस्तै, बैंकको खुद फी तथा कमिसन आम्दानी ३.२३ प्रतिशतले बढेर ३१ करोड १६ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.३९ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ७९ लाख रुपैयाँ पुगेको छ। इम्पेयरमेन्ट चार्ज ९५ करोड ४ लाखबाट घटेर २० करोड ७९ लाखमा सीमित भएपछि बैंकको सञ्चालन नाफा ९०.७४ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जसले नाफा बढाउन मुख्य भूमिका खेलेको छ।

नाफामा उच्च वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि दोब्बरले बढेकाे छ।समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी १०.२८ रुपैयाँले बढेर २३.५२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको ईपीएस १३.२४ रुपैयाँ मात्र रहेको थियो।

त्यस्तै, बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १६.८६ रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २६.६३ प्रतिशतले बढेर ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ प्रतिशतले बढेर ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको छ भने जगेडा तथा सरप्लस १९.११ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ कायम भएको छ। व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप संकलन ८.४८ प्रतिशतले बढेर ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ११.१८ प्रतिशतले बढेर ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर नेटवर्थ १५९.४८ रुपैयाँ, पीई रेसियो १७.६४ गुणा र क्यापिटल फण्ड १३.७ प्रतिशत रहेको छ। यद्यपि, बैंकको खराब कर्जा ४.२७ प्रतिशतबाट केही बढेर ४.९३ प्रतिशत पुगेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३७

काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३४

काठमाडौँ। नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा करिव...

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

वि.सं.२०८३ साउन २० बुधवार ०९:३१

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्म...

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:२७

काठमाडौँ। बैंकिङ क्षेत्रमा आफ्नो व्यावसायिक दायरालाई तीव्र रूपमा विस्तार गरिरहेको...

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२५

काठमाडौँ । चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...