back

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। लगातार तीन कारोबार दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चौथो दिन पनि घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.३१ अंकले ओरालो लागेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंकले घटेका छन्।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब २ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा बिहीबार ३३७ वटा स्क्रिपको ४४ हजार ६५१ पटकको कारोबारमा ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँबराबरको ७५ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ।

एभरेष्ट कलरमा नवौँ दिन पनि सकारात्मक सर्किट, कालिञ्चोक हाइड्रोका सेयरधनीले गुमाए

बजार घटे पनि एभरेष्ट कलर कम्पनीको सेयरमा भने लगातार नवौँ कारोबार दिन सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयरमूल्य प्रतिकित्ता १४८ रुपैयाँ ५० पैसाले बढेर १ हजार १३८ रुपैयाँ ६० पैसा पुगेको छ।

उता कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्यमा भने सर्वाधिक १४.९९ प्रतिशतको गिरावट आएको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि साढे १२ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकममा रिलायन्स स्पिनिङ्ग मिल्स अगाडि

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको २४ करोड ३८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको करिब साढे १५ करोड रुपैयाँ र रिडी पावर कम्पनीको साढे १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सबै १३ उपसमूह राताम्मे

यस दिन कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशतले घटेको छ। विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लाग्दा बाँकी उपसमूहको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...