back

बैंकिङ कसुर मुद्दामा दोषी फरार अपराधी विजयकुमार श्रेष्ठ पक्राउ

काठमाडौं, ३ चैत- बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका फरार अपराधी विजयकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने श्रेष्ठलाई प्रहरीले काभ्रेस्थलीबाट प्रक्राउ गरेको हो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

श्रेष्ठले १५ असार ०७७ मा खातामा पर्याप्त पैसा नभएको अवस्थामा झुक्याएर चेक दिएका थिए । कुमारी बैंकको गंगबु शाखामा रहेको उनको खातामा उनले चेकमा उल्लेख गरेजति पैसा थिएन । उनले जानी जानी फेक चेक दिएपछि पीडित सविता वैद्यले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उच्च अदालत पाटनले २ मंसिरमा श्रेष्ठलाई बैंकिङ कसुरको दोषी ठहर्‍याई ३ दिन कैद र ९ लाख ५० हजार जरिवाना सजायँ सुनाएको थियो ।

प्रहरीले सोमबार नै फैसला कार्यान्वयनका लागि पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंमा पेस गरेको जानकारी प्रहरीले दिएको छ 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...