back

चितवनको हाकिमचोकमा एनसिसी बैंकको शाखा उद्घाटन

काठमाडौं, ३ चैत- नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसिसी) ले चितवनको भरतपुरमा शाखाविस्तार गरेको छ ।

एनसिसी बैंकले आफ्नो १२८औँ शाखाका रूपमा भरतपुर महानगरपालिका–९, हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले सोमबार औपचारिक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं. ९ का प्रतिनिधि किशोर सापकोटाको समेत उपस्थिति थियो ।

उद्घाटनकै अवसरमा बैंकले विभिन्न व्यवसायलाई वित्तीय कारोबारमा सहजताका लागि क्युआर कोड हस्तान्तरण गरेको छ । क्युआर कोड हस्तान्तरण गर्दै बैंकका अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीको समन्वयमा किसानकेन्द्रित कार्यक्रम ल्याई बैंकिङ सेवा दिने प्रतिबद्धता जनाए ।

बैंकिङ व्यवसाय व्यापारमुखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै उनले एनसिसी बैंकका कर्मचारीको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टि रहेको दावी गरे ।

बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबीचको सम्बन्ध दिगो बनाउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि निजी व्यवसायीसित सहकार्यको आवश्यकता औँल्याए । चितवनमा झन्डै २० हजार निजी व्यवसायी रहेको उनले जानकारी दिए ।

बैंकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने बताए । उनले एनसिसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको सुरुवात गरिएको जानकारी दिए ।

शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु¥याउने अपेक्षासहित उनले सम्पूर्ण व्यवसायीलाई बैंकमार्फत सेवा लिन अनुरोध गरे ।

एनसिसी बैंकका ७ प्रदेशमा गरी कुल १ सय २८ शाखा सञ्चालनमा छन् । यसका अतिरिक्त बैंकले ८ वटा एक्स्टेन्सन काउन्टर तथा १ सय ७ वटा एटिएममार्फत ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।


नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २७ आइतवार १३:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

वि.सं.२०८१ माघ २७ आइतवार १३:२१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी...

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

वि.सं.२०८१ माघ २७ आइतवार १२:५३

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...