back

चितवनको हाकिमचोकमा एनसिसी बैंकको शाखा उद्घाटन

काठमाडौं, ३ चैत- नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसिसी) ले चितवनको भरतपुरमा शाखाविस्तार गरेको छ ।

एनसिसी बैंकले आफ्नो १२८औँ शाखाका रूपमा भरतपुर महानगरपालिका–९, हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले सोमबार औपचारिक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं. ९ का प्रतिनिधि किशोर सापकोटाको समेत उपस्थिति थियो ।

उद्घाटनकै अवसरमा बैंकले विभिन्न व्यवसायलाई वित्तीय कारोबारमा सहजताका लागि क्युआर कोड हस्तान्तरण गरेको छ । क्युआर कोड हस्तान्तरण गर्दै बैंकका अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीको समन्वयमा किसानकेन्द्रित कार्यक्रम ल्याई बैंकिङ सेवा दिने प्रतिबद्धता जनाए ।

बैंकिङ व्यवसाय व्यापारमुखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै उनले एनसिसी बैंकका कर्मचारीको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टि रहेको दावी गरे ।

बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबीचको सम्बन्ध दिगो बनाउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि निजी व्यवसायीसित सहकार्यको आवश्यकता औँल्याए । चितवनमा झन्डै २० हजार निजी व्यवसायी रहेको उनले जानकारी दिए ।

बैंकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने बताए । उनले एनसिसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको सुरुवात गरिएको जानकारी दिए ।

शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु¥याउने अपेक्षासहित उनले सम्पूर्ण व्यवसायीलाई बैंकमार्फत सेवा लिन अनुरोध गरे ।

एनसिसी बैंकका ७ प्रदेशमा गरी कुल १ सय २८ शाखा सञ्चालनमा छन् । यसका अतिरिक्त बैंकले ८ वटा एक्स्टेन्सन काउन्टर तथा १ सय ७ वटा एटिएममार्फत ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...