back

बैंकिङ कसुर मुद्दामा दोषी फरार अपराधी विजयकुमार श्रेष्ठ पक्राउ

काठमाडौं, ३ चैत- बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका फरार अपराधी विजयकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने श्रेष्ठलाई प्रहरीले काभ्रेस्थलीबाट प्रक्राउ गरेको हो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

श्रेष्ठले १५ असार ०७७ मा खातामा पर्याप्त पैसा नभएको अवस्थामा झुक्याएर चेक दिएका थिए । कुमारी बैंकको गंगबु शाखामा रहेको उनको खातामा उनले चेकमा उल्लेख गरेजति पैसा थिएन । उनले जानी जानी फेक चेक दिएपछि पीडित सविता वैद्यले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उच्च अदालत पाटनले २ मंसिरमा श्रेष्ठलाई बैंकिङ कसुरको दोषी ठहर्‍याई ३ दिन कैद र ९ लाख ५० हजार जरिवाना सजायँ सुनाएको थियो ।

प्रहरीले सोमबार नै फैसला कार्यान्वयनका लागि पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंमा पेस गरेको जानकारी प्रहरीले दिएको छ 


एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...