back
himalayan life

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ ।

मधेश प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर (२०.८० प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ । त्यहाँ १ लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर (५७.९२ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।यस वर्ष भने मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त रहेको देखिएको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

वि.सं.२०८३ असार २१ आइतवार १४:३९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको...

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

वि.सं.२०८३ असार १७ बुधवार १०:४५

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र...

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

वि.सं.२०८३ असार १६ मंगलवार १३:२१

काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि...

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

वि.सं.२०८३ असार १६ मंगलवार १३:०८

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित...

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

वि.सं.२०८३ असार १५ सोमवार १७:०१

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान...