नेप्से परिसूचक ८.३० अंकले घट्यो
वि.सं.२०८३ असार १९ शुक्रवार
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावटपछि समग्र नेप्से २ हजार ६ सय ५३ दशमलव ४० विन्दुमा ओर्लिएको छ ।
कारोबारमा आएका मध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्यो, १६० कम्पनीको मूल्य घट्यो र १४ कम्पनीको मूल्य स्थिर रह्यो । सनिगाड हाइड्रोको १५, स्नो रिभर्स लिमिटेडको १४.९९, कलंगा हाइड्रो लिमिटेडको १४.९८, नेपाल फाइनान्सको १४.९२ र खानीखोला हाइड्रोपावरको ११.६३ प्रतिशतले मूल्य बढ्यो ।
माथिल्लो लाहोर खोला हाइड्रोपावरको १३.६५, धौलागिरि लघुवित्तको ११.२१, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ४.९७, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.७५, युनिभर्सल पावर कम्पनीको ४.७२ कम्पनीको सेयर मूल्य घट्यो ।
कुल ४६ हजार २३४ पटकको सेयर किनबेचमा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ सेयर कारोबार भएको छ । ती किनबेचमा ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच भए ।
प्रकाशित समय : १५:३४ बजे






















