back
nactional

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान पु¥याएको अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१÷८२’ अनुसार सो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको थियो । त्यसमध्ये आन्तरिक पर्यटनबाट १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि भएको उल्लेख गरिएको छ, जुन कुल जीडीपीको २.६५ प्रतिशत हो ।

सर्वेक्षणअनुसार समीक्षा अवधिमा आन्तरिक पर्यटनमार्फत ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ बराबरको पर्यटकीय उपभोग भएको छ । यसबाट ३ खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको अनुमान गरिएको छ ।

उत्पादन प्रक्रियामा प्रयोग भएका वस्तु तथा सेवाको लागत अर्थात् मध्यवर्ती उपभोग १ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ रहेको सर्वेक्षणले देखाएको छ । उक्त लागत कटाउँदा आन्तरिक पर्यटनबाट सिर्जित कुल मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले ४ खर्ब रुपैयाँभन्दा बढीको पर्यटकीय उपभोग तथा जीडीपीमा २.६५ प्रतिशत योगदानले आन्तरिक पर्यटन नेपालको अर्थतन्त्रमा उल्लेखनीय भूमिका खेल्दै गएको निष्कर्ष निकालेको छ । पछिल्ला वर्षहरूमा आन्तरिक यात्राको विस्तार, धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गन्तव्यप्रतिको आकर्षण र पर्यटनसम्बन्धी सेवाको बढ्दो प्रयोगले आन्तरिक पर्यटनको आर्थिक योगदान निरन्तर बढ्दै गएको संकेत सर्वेक्षणले गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

वि.सं.२०८३ साउन २८ बिहीवार १०:५८

काठमाडौँ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

वि.सं.२०८३ साउन २८ बिहीवार १०:२५

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

वि.सं.२०८३ साउन २६ मंगलवार १८:०८

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार...

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:३१

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

आन्तरिक उडानको भाडा बढ्यो

आन्तरिक उडानको भाडा बढ्यो

वि.सं.२०८३ साउन १९ मंगलवार १९:१४

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २०...