राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने
वि.सं.२०८३ असार १७ बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन गर्ने उद्देश्यले ’वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्न लागेको छ। यस सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन तथा समग्र वित्तीय सेवाप्रतिको ग्राहकको धारणा र अनुभव संकलन गरिनेछ।
राष्ट्र बैंकले ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटेर ’र्यान्डम स्याम्पलिङ’ विधिबाट कुल १० हजार ४०५ वटा नमुना संकलन गर्ने योजना बनाएको छ।
सर्वेक्षणबाट प्राप्त हुने नतिजाले वित्तीय ग्राहक संरक्षण र वित्तीय सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियामक व्यवस्थामा सुधार ल्याउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।
प्रकाशित समय : १८:४९ बजे






















