back
himalayan life

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले वीरगञ्जको आदर्शनगरमा नयाँ Ather Experience Center सञ्चालनमा ल्याएको छ। गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको यो केन्द्रसँगै एथरको देशभरका एक्सपिरियन्स सेन्टरको संख्या १२ पुगेको छ।

कम्पनीका अनुसार नयाँ केन्द्रले मधेश प्रदेशका ग्राहकलाई एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटर सहज रूपमा उपलब्ध गराउनेछ। हाल एथरका केन्द्रहरू काठमाडौं उपत्यकाका पाँच स्थानसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्जमा सञ्चालनमा छन्।

एथरले देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा विस्तार गरिरहेको जनाएको छ। कम्पनीले ग्राहकलाई ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी समेत उपलब्ध गराउँदै आएको छ।

नयाँ एक्सपिरियन्स सेन्टरमा Ather 450 Series र Ather Rizta मोडल उपलब्ध छन्। Ather 450 Series मा Google Maps आधारित नेभिगेसन, AutoHold, Fall Safe, Reverse Mode र टचस्क्रिन ड्यासबोर्डजस्ता सुविधा छन्। परिवारमुखी Ather Rizta मा फराकिलो सिट, ठूलो अन्डर–सिट स्टोरेज, Traction Control, Tow & Theft Alerts तथा WhatsApp Notifications जस्ता स्मार्ट फिचर समावेश छन्।

केन्द्रमा ग्राहकहरूले स्कुटर अवलोकन, उत्पादन प्रदर्शन, टेस्ट राइड तथा फाइनान्सिङ र एक्सचेन्ज योजनाबारे जानकारी लिन सक्नेछन्।

कम्पनीले नेपालभर ४० भन्दा बढी Ather Grid Fast Charging Points सञ्चालनमा रहेको जानकारी दिएको छ। साथै नयाँ केन्द्रको उद्घाटनको अवसरमा असार १२, २०८३ सम्म विस्तारित ब्याट्री वारेन्टी, ० प्रतिशतसम्म ब्याजदरमा फाइनान्सिङ सुविधा तथा एक्सचेन्जमा ८ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ प्रदान गरिने जनाएको छ।

वैद्य इनर्जी प्रालि नेपालका लागि Ather Energy को आधिकारिक तथा एकमात्र वितरक हो। कम्पनीले देशभर एक्सपिरियन्स सेन्टर, सर्भिस सेन्टर र चार्जिङ पूर्वाधार विस्तार गर्दै नेपालको ईभी इकोसिस्टम सुदृढ बनाउन योगदान पुर्‍याइरहेको जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...