back

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

nactional life

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ ।

यहीँ जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंकले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंकले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा ९ वाणिज्य बैंकहरु, ७ विकास बैंकहरु, ३ वित्त कम्पनीहरु, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनीहरु र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत जेठ २२ गते शुक्रबार सम्पन्न भएको छ ।

पुर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा काठमाण्डौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरियो ।

साथै सह–विजेता माछापुच्छ्रे बैंकलाई उप–विजेता ट्रफी समेत सोही समारोहमा प्रदान गरिएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट–किपर सानिमा जिआईसी इन्स्योरेन्स लि.का अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंकका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राईम कमर्सियल बैंक लिमिटेडका कृतार्थ शाक्यले जित्न सफल हुनुभएको छ । साथै फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्स लि.ले जित्न सफल भएको छ ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ का सम्पुर्ण प्रायोजकहरु, सहभागी सम्पुर्ण टिमहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुभएका व्यक्ति÷सस्ंथाहरुलाई बैैंक हार्दिक आभार व्यक्त गर्दछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

वि.सं.२०८३ जेठ २४ आइतवार १६:२२

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु...

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३७

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी...

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

वि.सं.२०८३ जेठ २१ बिहीवार १२:१७

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...