back
himalayan life

भक्तपुर उद्योग वाणिज्य संघद्वारा भक्तपुरका दुई नगरपालिकाहरुलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघले चाँगुनारायण नगरपालिका तथा सूर्यविनायक नगरपालिकालाई २–२ थान अक्सिजन कन्सन्ट्रेटर दिएको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठले उक्त सामग्री चाँगुनारायण र सूर्यविनायक न.पाका मेयरक्रमशः सोमप्रसाद मिश्र र बासुदेव थापालाई हस्तान्तरण गरेका हुन् ।

ती अक्सिजन कन्सन्ट्रेटरहरु नगरपालिकाहरुले सञ्चालन गरेको आईसोलेसन केन्द्रमा उपचारार्थ भर्ना भएका विरामीहरुलाई आकष्मिक रुपमा अक्सिजन आवश्यक परेको खण्डमा सहज ढंगबाट तत्काल अक्सिजन उपलब्ध गराउन उपयोगी हुनेछ ।
कोभिड १९ को महमारीले ल्याएको संकटसीत जुध्न भक्तपुर उद्योग वाणिज्य संघको सहयोगले मद्दत र राहत मिलेको कुरा दुवै नगरपालिकाका मेयरहरुले बताएका छन । संघको सहयोग तथा सदभावका लागि वहाहरुले धन्यवाद दिनुहुँदै विश्वव्यापीरुपमा फैलिएको महामारी संग जुध्न यस किसिमका सहयोगले थप हौसला मिलेको कुरा पनि बताए ।

सोही अवसरमा अध्यक्ष प्रदिप श्रेष्ठले महामारीको समयमा यहाँका नगरबासीहरुको जीवन रक्षाको लागि तथा कोभिड १९ को प्रकोप नियन्त्रण गर्न नगरपलिकाहरुले खेलेको भूमिका तथा आइसोलेसन केन्द्रको समयमै प्रभावकारी सञ्चालनले यहाँका स्थानीय जनताको स्वास्थ्यमा परेको सकारात्मक प्रभावको सराहना गरेका छन । वहाँले भक्तपुर उद्योग वाणिज्य संघले आगामी दिनहरुमा पनि स्थानीय नगरपालिकाहरुलाई यसरी नै सक्दो सहयोग गर्दै बताए ।

उक्त अवसरमा संघका बरिष्ठ उपाध्यक्ष शिव प्रसाद मानन्धर, उपाध्यक्ष कृष्ण मुरारी न्यौपाने, महासचिव रोशनी मैंया धौबञ्जा, कार्य समति सदस्य विश्व राम दुवाल, र सचिन्द्र प्रधानाङ्गको पनि उपस्थिति रहेको थियो ।

भक्तपुर उद्योग वाणिज्य संघलाई अक्सिजन कन्सन्ट्रेटरहरु जोया फाउण्डेशन काठमाण्डौको सौजन्यबाट प्राप्त भएको थियो ।

२०७८ जेठ २७ गते प्रकाशित

 

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...