back
himalayan life

सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सिटिजन्स बैंकको एजेन्डा सभाबाट पारित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव बार्षिक साधारण सभाबाट पारित गरेको छ । बैंकको सातौँ साधारण सभा आज बिहीबार सम्पन्न काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत सम्पन्न भएको हो ।

विशेष साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत गरिएको सिर्जना फानान्सलाई प्राप्तिसम्बन्धी विशेष प्रस्ताव अनुमोदन भएको हो। सभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ।

सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ।
विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको पनि आजै सम्पन्न विशेष साधारणसभाले समेत सिर्जना फाइनान्सलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ। दुवै सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई सिर्जना फाइनान्स प्राप्ति गर्नका लागि बाटो खुलेको हो।

यसै आर्थिक वर्षभित्र सिर्जना फाइनान्सलाई संयुक्त कारोबार प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष भण्डारीले बताए ।

जेठ २६ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्स लाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ। प्राप्तिपश्चात बैंकको कुल शाखा १८९ हुनेछ।

हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स प्राप्तिपश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्तिपश्चात २७ वटा शाखाहरु हुनेछन्।

सहमतिअनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन्। सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ।

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो। बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ। यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्नेछ।

प्राप्तिपश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

२०७८ जेठ २७ गते प्रकाशित

 

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...