back

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

nactional life

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न परिषद्, बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको हो ।

सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले १० दिन भित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन पेश गर्नु पर्ने सूचनामा उल्लेख छ ।

यसअघि मन्त्रालयले वैशाख २२ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएका रिक्त पदहरूमा नियुक्तिका लागि आवेदन प्रक्रिया सुरु गरिएको जनाएको छ ।

नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, सदस्य, रजिस्ट्रार, उपाध्यक्ष तथा सदस्य सचिवलगायतका पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सदस्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा सदस्य, र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:०२

काठमाडौं । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय...

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३२

काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:१८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका...

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना...

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

वि.सं.२०८२ पुस २४ बिहीवार १८:२८

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले...