back
himalayan life

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

स्कूल जानुपर्ने उमेरका छोराछोरी अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । बिहान उठ्दा उनीहरूले ‘आमा हाम्रो घर फेरि बन्छ ?’ भनेर सोध्छन्, तर मसँग जवाफ छैन ।’

बाँके । ‘हामीले यो ठाउँलाई केवल बस्ने ठाउँ मात्रै बनाएका थिएनौँ, यहीँ हाम्रो जीवन थियो, बच्चाहरूको भविष्य थियो, बूढाबूढीको सहारा थियो,’ शान्तिनगरकी देवकला सापकोटाले भक्कानिँदै भनिन्, ‘डोजर चलेको दिनदेखि बच्चाहरू डराएर रातभर सुत्न सकिरहेका छैनन् । उनीहरू आफ्नो किताबकापी खोजिरहेका छन् ।

स्कूल जानुपर्ने उमेरका छोराछोरी अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । बिहान उठ्दा उनीहरूले ‘आमा हाम्रो घर फेरि बन्छ ?’ भनेर सोध्छन्, तर मसँग जवाफ छैन ।’

उनले होल्डिङ सेन्टरको कष्टपूर्ण अवस्थाबारे थप्दै भनिन् ‘सानो बच्चालाई पोषणयुक्त खाना चाहिन्छ, दूध चाहिन्छ, तर अहिले हामीलाई दुई छाक कसरी जुटाउने भन्ने चिन्ता छ । बिरामी परेका जेष्ठ नागरिकलाई समयमै औषधि खुवाउन सकिएको छैन । कतिपयले नियमित उपचार गराउँदै आउनुभएको थियो, तर अहिले अस्पताल लैजाने अवस्था पनि छैन । गर्भवती र सुत्केरी महिलालाई आराम चाहिन्छ, तर यहाँ रात कटाउनै मुस्किल छ ।’

कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका १ सय ४० घरटहरा हटाइएपछि त्यहाँ बसोवास गर्दै आएका सयौँ परिवार अहिले अस्थायी होल्डिङ सेन्टरमा जीवन बिताउन बाध्य भएका छन् । सो क्षेत्रमा करिब ७ सय ५१ परिवार बस्दै आएका थिए ।

विस्थापितमध्येका गोरखबहादुर घर्तीले डोजर चलेको क्षण सम्झिँदै भारी मनले भने, ‘हामी गरिब थियौँ, तर मेहनत गरेर सानो घर बनाएका थियौँ । त्यो घरमा हाम्रा दुःख, पसिना र सपना गाँसिएका थिए । डोजरले घर भत्काउँदा हामीलाई हाम्रो अस्तित्व नै मेटाइयो जस्तो लाग्यो ।’

उनले थपे, ‘मेरो नातिनातिना नियमित स्कूल जान्थे । उनीहरूको पढाइ राम्रो हुँदै थियो । अहिले किताब, पोशाक, कापी सबै हराएको छ । बच्चाहरू तनावमा छन् । साना बच्चाले राम्रो खाना नपाउँदा बिरामी पर्न थालेका छन् । बूढी आमाले नियमित औषधि खानुहुन्छ, तर अहिले औषधि किन्ने पैसा छैन । रातभर उहाँको स्याहार गर्नुपर्छ । हामीसँग बस्ने ठाउँ त छैन भने उपचार कसरी गराउने ?’

कोहलपुर ५ का रामबहादुर गाइनले होल्डिङ सेन्टरको भीडभाडतर्फ हेर्दै भारी मनले भने, ‘वर्षौँदेखि दुःख गरेर बनाएको घर एकैदिनमा माटोमा मिल्यो । त्यो केवल चार वटा भित्ता र टिनको छानो मात्रै थिएन, त्यो हाम्रो जीवन थियो, हाम्रो आश्रय थियो, बच्चाहरूको भविष्य थियो । त्यो सबै चक्नाचुर भयो ।’

बिहान बेलुका मजदुरी गरेर एकएक रुपैयाँ जोगाउँदै घर बनाएका बताउने राम बहादुरले त्यही घरमा बच्चाहरू हुर्किएको सम्झंदै छाना र माना दुवै नभएको पीडा सुनाए ।

उनले केहीबेर रोकिँदै गहभरि आँसु पार्दै भने, ‘घर भत्किँदा मेरा साना छोराछोरीले कराउँदै ‘हाम्रो घर किन भत्काइयो रु भनेर सोधिरहेका थिए । उनीहरूको त्यो रोदन अझै कानमा गुञ्जिरहेको छ । अहिले होल्डिङ सेन्टरमा सबैजना एउटै साघुँरो कोठामा बसिरहेका छौँ । गर्मीले सास फेर्न गाह्रो हुन्छ । राति बच्चाहरू निदाउन सक्दैनन् । राम्रो खाना छैन, सफा ठाउँ छैन । बिरामी पर्न थालेका छन् ।’

उनले मैलो गम्छाले निधारको पसिना पुच्दै थपे, ‘मेरो परिवारमा जेष्ठ नागरिक हुनुहुन्छ । उहाँलाई दैनिक औषधि चाहिन्छ । पहिले जसोतसो मजदुरी गरेर औषधि किन्थ्यौँ, तर अहिले औषधि किन्ने कि बच्चालाई खाना खुवाउने भन्ने अवस्था आएको छ । सुत्ने निश्चित ठाउँ छैन । वर्षात् सुरु भयो भने कहाँ ओत लाग्ने भन्ने चिन्ता छुट्टै छ ।’

रामबहादुरले भविष्यको चिन्ता गर्दै भने,‘अब फेरि नयाँ घर कसरी बनाउने ? कहाँबाट सुरु गर्ने ? हामीसँग न जग्गा छ, न पैसा छ । जीवनभरी कमाएको सबै धन त्यही घरमा लगाएको थिएँ । पहिलेको घर बनाउनै वर्षौँ लाग्यो । फेरि उही दुःख दोहो¥याएर नयाँ घर ठड्याउन सकिन्छ कि सकिँदैन भन्ने डरले रातभर निद्रा लाग्दैन । उमेर पनि ढल्किसक्यो । अब फेरि ईँटा, काठ र टिन जोडेर घर बनाउने शक्ति कहाँबाट ल्याउने ?’ भक्कानिदै उनले भने । ‘गरिबको घर भत्किँदा केवल टिन र बाँस मात्र भाँचिँदैन रहेछ, त्योसँगै उसको साहस, सपना र भविष्य बाँच्ने भरोसा पनि टुक्राटुक्रा हुँदोरहेछ ।’

जानकी विकले पनि आँसु पुछ्दै भने, ‘हाम्रो घर भत्किँदा बच्चाहरू कराइरहेका थिए । उनीहरूले आफ्नो खेल्ने ठाउँ, पढ्ने ठाउँ सबै गुमाए । अहिले खुला ठाउँमा बस्दा उनीहरू असुरक्षित महसुस गरिरहेका छन् । सुत्केरी महिला र साना बच्चालाई निकै गाह्रो भएको छ । पानी, शौचालय र स्वास्थ्य उपचारको अभावले झन् पीडा थपिएको छ ।’

हामीलाई हटाउँदा कम्तिमा बच्चाहरूको पढाइ र बिरामीहरूको उपचारबारे सोचिएको भए हुन्थ्यो भन्ने गुनासो जानकीले गरिन् । ‘अहिले बच्चाहरू स्कूल जान पाएका छैनन् । बूढाबूढीको स्वास्थ्य बिग्रँदै गएको छ । हामीलाई केवल बस्ने ठाउँ होइन, बाँच्न सक्ने वातावरण चाहिएको हो ।’ उनले भने, ‘यहाँ ल्याएर नगरपालिकाले त राख्यो । तर यहाँ केवल आकाशबाट आउने पानी र आँधिहुरीबाट जोगिएको छ । तर हाम्रो उचित आहारको व्यवस्था कस्ले गर्ने ? छोराछोरीको स्कूल फि कसरी तिर्ने ? के यो सबै कुराको ग्यारेन्टी नगरपालिकाले लिन्छ ?’

नगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षणका लागि अभियान सञ्चालन गरिएको जनाएको छ । नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको तथ्याङ्क प्रमाणीकरणपछि मात्रै उचित व्यवस्थापन गरिनेछ । उनले वास्तविक लाभग्राहीको पहिचान गरी दीर्घकालीन समाधानतर्फ काम भइरहेको बताए ।

यस अभियानमा स्थानीय प्रशासन, जनप्रतिनिधि, नगर प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । विस्थापित परिवारका लागि अस्थायी बसोवासको रूपमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

तर, होल्डिङ सेन्टरमा बसिरहेका परिवारहरूको पीडा भने अझै उस्तै छ । उनीहरूका लागि डोजरले केवल घरका भित्ता भत्काएको छैन, बालबालिकाको पढाइ, जेष्ठ नागरिकको उपचार, सुत्केरी र गर्भवती महिलाको सुरक्षा तथा वर्षौँदेखि जोडिएको आशा र भरोसामाथि नै गहिरो चोट पु¥याएको अनुभूति गराएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...