back

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले ७६ जना सहिद परिवारको न्यायको माग गर्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले न्यायको खोजीमा सहिद परिवारहरू ६–७ महिनादेखि सडकमा संघर्ष गरिरहेको बताइन् ।

“न्यायको लागि हामीले कहिलेसम्म सडकमा लड्नुपर्ने हो ?” उनले प्रश्न गरिन् । खतिवडाले ७६ जनामध्ये एकजना मात्र संसदमा रहेको र बाँकी ७५ जना अझै पनि सडकमा न्यायको लागि आवाज उठाइरहेको उल्लेख गरिन् ।

आफ्ना मागहरू लिएर मन्त्रीहरूको कार्यकक्षमा जाँदा समेत ढोकामा रहेका गार्डहरूबाट दुर्व्यवहार भोग्नुपरेको प्रति उनले खेद प्रकट गरिन् । खतिवडाले मन्त्रीहरूलाई लक्षित गर्दै भनिन्, “सहिद परिवारले न्याय कहिले पाउने हो ? उनीहरू न्यायको लागि सडकमा नै जानुपर्ने हो कि यहाँबाट (सदन/सरकार) न्याय पाउने हुन् ?”

सांसद खतिवडाले विगत लामो समयदेखि सडकमै रहेर आफूले पनि संघर्ष गरेको स्मरण गर्दै सहिद परिवारको पीडालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन् । उनले सहिद परिवारको प्रश्नको उत्तर दिन र उनीहरूलाई सडकबाट न्यायको अनुभूति दिलाउन सरकारसँग माग गरेकी छिन् ।

nactional life
Corporatebazar 11 Anniversary

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:०९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर...

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:०६

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सदस्य...

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१५

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका...

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई...

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा...

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:४४

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश...