back
himalayan life

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

जरोमा कृषि, लक्ष्यमा औद्योगिक क्रान्ति

काठमाडौं । हेटौंडाको एउटा सानो घुम्ती पसलबाट १३ वर्षको कलिलो उमेरमा सुरु भएको एक किशोरको संघर्ष आज नेपालको व्यावसायिक जगत्मा एउटा प्रतिष्ठित साम्राज्यका रूपमा स्थापित भएको छ। उद्यमी शिवप्रसाद घिमिरेको यो तीन दशक लामो यात्रा अहिले बहुआयामिक उद्योग–व्यवसायको सफल र प्रेरणादायी कथा बनेको छ।

सुरुवातमा सानो व्यापारबाट अनुभव बटुलेका घिमिरेले पेट्रोल पम्प हुँदै आफ्नो व्यवसायिक क्षितिजलाई विस्तार गरे। आज उनको लगानी पेट्रोलियम ग्यास (एलपीजी) बोटलिङ प्लान्टदेखि हाइड्रोपावर, कृषि, शिक्षा, मिडिया, हस्पिटालिटी र बैंकिङ–वित्तीय क्षेत्रसम्म फैलिएको छ। एसजी ग्रुपका अध्यक्ष समेत रहेका घिमिरेको नेतृत्वमा सञ्चालित उद्योगहरूले अहिले २५ सयभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन्।

जरोमा कृषि, लक्ष्यमा औद्योगिक क्रान्ति

घिमिरेको व्यावसायिक सफलताको जग पुख्र्योली पेशा ‘कृषि’ नै हो। पुख्र्योली अनुशासन र आधुनिक उद्यमशीलतालाई फ्युजन गर्दै अघि बढेका उनी अहिले उत्पादनमूलक उद्योगमा लगानी थप्न अहोरात्र खटिरहेका छन्। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यका रूपमा उनले उद्योगीका समस्या र नीतिगत गाँठोहरूलाई नजिकबाट नियालेका छन्।

महासंघको ६०औँ साधारणसभा: उपाध्यक्षका बलिया दाबेदार

यही अनुभव र भुईं तहदेखिको बुझाइलाई संस्थागत हितमा लगाउन घिमिरेले यसपटक महासंघको ६०औँ वार्षिक साधारणसभामा वस्तुगत तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी वैशाख २१ र २२ गते हुने यो निर्वाचनलाई निजी क्षेत्रको भावी दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

बहु-क्षेत्रीय अनुभव र सरकारसँग समन्वय गर्न सक्ने प्रभावकारी क्षमताकै कारण सरोकारवालाहरूले उनलाई सक्षम पात्रका रूपमा चित्रण गरेका छन्। नेपालको निजी क्षेत्र अहिले नीतिगत अनिश्चितता र लगानीको संकुचनसँग जुधिरहेको बेला घिमिरेजस्ता “ग्राउण्ड जिरो” बाट उठेका नेतृत्वको खाँचो रहेको व्यवसायीहरू बताउँछन्।

“नेपाल उद्योग वाणिज्य महासंघलाई अहिले जुझारु नेतृत्वको आवश्यकता छ। नयाँ सरकारसँग व्यवसायीका समस्या समन्वय गर्न र देशभरका वस्तुगत संघहरूको हकहित रक्षा गर्न म पूर्ण रूपमा सक्षम छु,” घिमिरेले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै भनेका छन्।

व्यापारिकदेखि उत्पादनमूलकसम्मको विशाल नेटवर्क रहेको वस्तुगत क्षेत्रमा घिमिरेको प्रवेशले निजी क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। एउटा सानो पसलबाट सुरु भएको उनको यात्राले ‘मेहनत र भिजन भए नेपालमै सम्भव छ’ भन्ने बलियो सन्देश दिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार ३ बुधवार ०९:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ३ बुधवार ०९:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...