back

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

nactional life

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् ।

आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

त्यसैगरी, राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशका विषयमा पुनर्विचार गर्न सरकारलाई फिर्ता पठाएका छन् ।

यसअघि उक्त विधेयक प्रमाणीकरणका लागि पेश गरिएकोमा सन्देशसहित फिर्ता गरिएको र पछि मन्त्रिपरिषद्को निर्णयअनुसार आएको अध्यादेशसमेत जारी नभएको प्रसंग स्मरण गराउँदै पुनः आएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ को विषयवस्तुमा पुनर्विचार आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रपतिले फिर्ता पठाएका हुन् ।

‘नेपालको संविधान बमोजिम यस अघि संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि मिति २०८२/०३/२५ मा पेश भएकोमा सन्देशसहित उक्त विधेयक फिर्ता पठाईएको, तत्कालीन मन्त्रिपरिषद्को मिति २०८२/०८/०२ को निर्णयबमोजिम प्राप्त भएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी नभएकोसमेत स्मरण गराउँदै सम्वत् २०८३ / ०१ / १४ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८३ को विषयबस्तुका सन्दर्भमा पुनर्विचार गर्न पठाउनु भएकोछ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

वि.सं.२०८३ असार ४ बिहीवार ११:२५

काठमाडौँ । पियोर इनर्जी लिमिटेडका ६४ लाख कित्ता शेयरलाई समान...

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

वि.सं.२०८३ असार ४ बिहीवार १०:५५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने...

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

वि.सं.२०८३ असार ४ बिहीवार १०:५३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल...

फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

वि.सं.२०८३ असार ४ बिहीवार १०:५१

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा...

अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

वि.सं.२०८३ असार ४ बिहीवार १०:४६

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य...

फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

वि.सं.२०८३ असार ४ बिहीवार १०:४४

काठमाडौं । कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप...