back

लगानी बोर्डको एकल बिन्दु सेवा केन्द्र: लगानीकर्ताका लागि खुसीको खबर!

काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई प्रक्रियामा थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र सुरु गरेको हो ।

एकल बिन्दु सेवा केन्द्रका लागि बोर्डले ossc.ibn.gov.np पोर्टल सञ्चालनमा ल्याएको छ । यस पोर्टलमा लगइन गरेपछि लगानीकर्ताले लगानीसम्बन्धी प्रस्ताव पेस गर्न सक्ने भएका छन् । त्यसैगरी ibn.gov.np को एकल बिन्दु सेवा केन्द्रबाट पनि लगानीकर्ताहरुले लगइन गर्न सक्नेछन् ।

आईटी प्रणालीको तयारीपछि एकल बिन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ वटा सरकारी निकाय यस प्रणालीमा आवद्ध हुनेछन् । कम्पनी रजिष्टारको कार्यालय, राजस्व विभाग, भन्सार विभाग, अध्यागमन विभाग डिजिटल सिस्टम इन्टिग्रेट क्रममा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अन्य सम्बन्धित मन्त्रालय र निकायहरूलाई उक्त प्रणालीमा आवद्धताका लागि पत्राचार गरिसकेको छ ।

लगानी बोर्डका अनुसार १४ वटा सरकारी निकायले एकल बिन्दु सेवा केन्द्रका लागि अख्तियारीसहित फोकल पर्सन तोकेका छन् । ती निकायहरुमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक,अध्यागमन विभाग,आन्तरिक राजस्व विभाग रहेका छन् ।

त्यसैगरी उद्योग विभाग, खानी तथा भूगर्भ विभाग,भन्सार विभाग,श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत् विकास विभाग,कम्पनी रजिष्ट्रारको कार्यालय,नेपाल दूरसञ्चार प्राधिकरण छन् । आवश्यकता अनुसार बोर्डले तोकेका अन्य निकायहरु पनि समावेश हुन सक्नेछन् ।

डिजिटल प्रणाली विकसित भइनसकेका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायहरूले लगानी बोर्ड अन्तर्गत स्थापित हुने एकल बिन्दु सेवा केन्द्रमा अख्तियारी सहित कर्मचारी पठाउनु पर्ने कानुनी व्यवस्था छ ।

बोर्डले नेटवर्क बढाउँदै लैजाने तथा यस प्रणालीमा आवद्ध हुन बाँकी रहेका मन्त्रालय तथा निकायहरूमा रहेका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउनेछ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एकल विन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्य गर्न सहज हुने बताए ।

छिटो र सहज सेवा प्रवाहका लागि सूचना प्रविधि महत्त्वपूर्ण हुने भएकाले एकल बिन्दु सेवा सुरु गरेको बताउँदै उनले अरु निकायहरूले पनि तयारी गरिरहेको र क्रमशःएकल बिन्दु सेवा केन्द्रमा डिजिटल प्रणालीमार्फत आवद्ध हुने बताए । डिजिटल प्रकृया सुरु भएपछि भौतिक रुपमा गरिने कार्यलाई हटाउँदै लगिने उनले बताए ।

‘आन्तरिक रुपमा आईटी सिस्टममा आवद्ध नभएका निकायलाई आवश्यक बजेटको व्यवस्था र तयारीपछि सबै निकाय एकल बिन्दु सेवा केन्द्रमा डिजिटल प्रणालीमार्फत आवद्ध हुन सक्नेछन् । त्यसपछि हामी पूर्ण रुपमा अटोमेसनमा जान सक्छौं’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।

एकल बिन्दु सेवा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आएपछि लगानीको लागि प्राप्त प्रस्तावको मूल्याङ्कन गरी स्वीकृतिको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, कम्पनी दर्ता, कर दर्ता, उद्योग दर्ता, विदेशी विनिमयको अनुमति लगायतका अन्य दर्ता, अनुमति तथा स्वीकृति उपलब्ध गराउने, श्रम स्वीकृति, भिसा, परमिट उपलब्ध गराउनका लागि आवश्यक समन्वय र सहजीकरणको कार्य उक्त केन्द्रबाटै गर्न सकिनेछ ।

त्यसैगरी उक्त केन्द्रमार्फत परियोजनाको लागि आवश्यक निजी जग्गा प्राप्तिमा सहजीकरण गर्ने, परियोजनालाई आवश्यक पर्ने सरकारी जग्गा वा वन क्षेत्रको जग्गा प्रचलित कानुन बमोजिमको प्रक्रिया पूरा गरी लिजमा उपलब्ध गराउने, वातावरणीय अध्ययनको स्वीकृति उपलब्ध गराउने व्यवस्था मिलाउने लगायतका कार्यहरू गर्न सकिनेछ ।

लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्रबारे सम्बन्धित मन्त्रालय र निकायका फोकल पर्सनहरुसँग आज छलफल गरेको छ । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ बमोजिम कार्यान्वयन गरिने परियोजनाको लागि परियोजना सर्वेक्षण अनुमति, समझदारी पत्र, लगानी अनुमति वा सम्झौता लगायतका कार्य गर्ने तथा परियोजनालाई सहयोग एवम् सहजीकरणका लागि कार्यालयमा एकल विन्डु सेवा केन्द्रको स्थापना गर्न सक्ने व्यवस्था छ ।

वर्तमान सरकारले गत चैत्र १४ गते सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्य सूचीमा स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरूलाई एकीकृत रूपमा सहजताका साथ निर्धारित समयावधिभित्र तोकिए बमोजिमका सेवा उपलब्ध गराउनका निम्ति लगानी बोर्ड नेपाल अन्तर्गत एकद्वार स्वीकृति प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको थियो ।

बोर्डले यसअघि नै शासकीय सुधार सम्बन्धी सूचीहरूमा समावेश भएको लगानीकर्ता सहजीकरण तथा गुनासो सुनावाइ डेस्क स्थापना गरिसकेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...