back

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

nactional life

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल भएको छ ।

बुधबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको राष्ट्रियसभा अन्तरगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष छलफलमा विपिन राज निरौलाले आयोगले कुनै आग्रह पूर्वाग्रह बिना र संविधान ऐन कानुनलाई आधारलाई मानेर रकम वितरण गरेको जानकारी दिए ।

‘हामीले कुनै आग्रह पूर्वाग्रह बिना र हाम्रा संविधान ऐन कानुनले मानेका आधारलाई मानेर हामीले रकम वितरण गरेको छौं । हाम्रो बुद्धि विवेकले भ्याएसम्म वितरण गरेको छौं,’ उनले भने ।

त्यस्तै उनले धेरै संघ सरकारको सुविधा उपयोग गर्दा पनि काठमाडौं महानगरको राजस्व क्षमता सक्षम नभएको र २५ अर्ब ७२ करोडको बजेट ल्याउने ६ अर्ब मात्र खर्च पनि वित्त आयोगले सबैभन्दा धेरै रकम दिएको भन्दै कमजोरी रहेको स्वीकार गरे ।

उनले भने,‘काठमाडौं महानगरपालिका यति सक्षम छ,यति धेरै संघ सरकारको सुविधा यहाँका जनताले उपयोग गर्दागर्दै पनि यहाँको राजस्व क्षमता १८ अर्बभन्दा माथि ,अनि २५ अर्ब ७२ करोडको बजेट ल्याउने ६ अरब खर्च गर्ने १८ अर्ब खर्च गर्न नसक्ने काठमाडौं महानगरलाई पनि वित्त आयोगले सबैभन्दा धेरै रकम दिएको छौं त्यो हाम्रो कम्जोरी हो ।’

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले आयोगले आगामी दिनमा आफ्नो काम कारवाहीलाई थप प्रस्ट बनाएर लैजान आवश्यक रहेको बताए ।

प्रश्न उठ्दा र माग बढ्दा त्यसलाई सम्बोधन गर्नुपर्ने दायित्व पनि सँगसँगै आउने बताउँदै उनले परम्परागत दायित्वलाई आगामि आर्थिक वर्षदेखि कसरी थप व्यवस्थित बनाएर लैजाने भन्ने विषयमा छलफल आवश्यक रहेको धारणा राखे ।

उनले भने,‘हामीले आगामी दिनमा हाम्रो काम कारवाहीलाई थप प्रस्ट बनाएर लैजानुपर्छ जस्तो लाग्छ । प्रश्न उठ्छन् माग आउँछन् र त्यसलाई सम्बोधन गर्नुपर्ने दायित्व पनि सँगसँगै छ । एक किसिमको परम्परागत दायित्व छ । यो परम्परागत दायित्वलाई आगामि आर्थिक वर्षदेखि कसरी थप व्यवस्थित बनाएर लैजान सक्छौं । त्यो विषयमा थप छलफल गर्नुपर्नेछ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

वि.सं.२०८३ जेठ २४ आइतवार ११:००

काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई...

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेशको आर्थिक...

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०४

काठमाडौं । नेपालले अब रेमिटेन्स–केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर...