back
himalayan life

२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै

सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो ।

सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए ।
घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवारले शव बुझ्ने भएका हुन् । इनिशाको आज भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।

दुई साता लामो अनुसन्धान पछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुकछेक बहस पछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलाशले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ । अदालतका सूचना अधिकारी उज्वल रावलकाअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो ।

सोमबारदेखि बाल इजलासमा सुनुवाई भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । इनिशाको मृत्युपछि वीरेन्द्रनगरमा दुर्बैपक्षबीच प्रदर्शन हुँदै आएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...

नियामककै ‘म्युजिकल चियर’: संकटको भुमरीमा बीमा क्षेत्र र नयाँ नेतृत्वको अग्निपरीक्षा

नियामककै ‘म्युजिकल चियर’: संकटको भुमरीमा बीमा क्षेत्र र नयाँ नेतृत्वको अग्निपरीक्षा

वि.सं.२०८३ असार २४ बुधवार १९:३०

काठमाडौं। नेपालको वित्तीय बजारको एउटा बलियो खम्बा मानिएको बीमा क्षेत्र...

नेप्सेको चरम लापर्बाही—अर्बौंको मार्जिन कर्जा प्रवाह, तर सूचना लुकाएर पारदर्शिताको धज्जी उडाउँदै नियामक

नेप्सेको चरम लापर्बाही—अर्बौंको मार्जिन कर्जा प्रवाह, तर सूचना लुकाएर पारदर्शिताको धज्जी उडाउँदै नियामक

वि.सं.२०८३ असार २४ बुधवार १०:४६

काठमाडौं । नेपालको पुँजी बजारमा लामो समयदेखिको प्रतीक्षा र सङ्घर्षपछि...