back

जीडीपीमा ऋणको हिस्सा ४७.१३ प्रतिशत पुग्यो, ८ महिनामै सरकारले लियो २ खर्ब भन्दा बढी ऋण

nactional life

काठमाडौं । कुल गार्हस्थ्य उपात्दन (जीडीपी) मा कुल सावर्जनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षको फागुन मशान्त सम्ममा सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब लिएसँगै जिडिपिमा ऋणको हिस्सा समेत बढेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा फाल्गुन मसान्तसम्ममा सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ ।

कुल सार्वजनिक ऋणमा फाल्गुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ । कार्यलयकाअनुसार चालु आवको आठ महिनामै सरकारले २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ ।

कति भयो परिचालन ? चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र वाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६७.३१ र २४.३१ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्व २६ करोड भुक्तानी भएको छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा ५८.९४ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्ममा कूल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने...