back

नानो प्रविधिमा आधारित ‘नानो इनरजाइजर’ नेपाली बजारमा लोकप्रिय बन्दै

काठमाडौं । कोरियाली प्रविधिमा आधारित नानो उत्पादन ‘नानो इनरजाइजर’ नेपाली बजारमा पछिल्ला वर्षहरूमा विस्तारै लोकप्रिय बन्दै गएको छ ।

कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा उत्पादित उक्त सामग्री नेपालमा अटो नेपाल बिजनेस ट्रेडलिंकले विगत १० वर्षदेखि विभिन्न शहरहरूमा बिक्री वितरण गर्दै आएको जनाएको छ ।

कम्पनीका अनुसार विश्वस्तरमा प्रयोग भइरहेको नानो टेक्नोलोजीमा आधारित यो उत्पादन प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट तयार गरिएको हो । यसले सवारी साधनको इन्जिनमा दीर्घकालीन सुरक्षात्मक प्रभाव पार्नुका साथै इन्जिनको कार्यक्षमता सुधार गर्न सहयोग पु¥याउने दाबी गरिएको छ ।

अटो नेपाल बिजनेस ट्रेडलिंकका डाइरेक्टर रोशनकुमार श्रेष्ठका अनुसार नानो इनरजाइजरको प्रयोगले इन्धन खपतमा ५ देखि २० प्रतिशतसम्म बचत हुने र कार्बन उत्सर्जन ३ देखि ९ गुणासम्म कम हुने देखिएको छ । ‘यसले इन्जिनको जीवनकाल बढाउने मात्र नभई वातावरणमैत्री सवारी सञ्चालनमा समेत योगदान पु¥याउँछ,’ उनले बताए ।

उत्पादनको विशेषता अनुसार यो स्टिलभन्दा करिब २० गुणा बलियो रहेको र उच्च तापक्रम सहन सक्ने क्षमतायुक्त छ । प्रयोगपछि करिब ३०,००० किलोमिटर वा दुई वर्षसम्म यसको प्रभाव कायम रहने कम्पनीको दाबी छ । नानो इनरजाइजर ३० एमएलको प्याकमा उपलब्ध छ, जसलाई सिधै इन्जिन, गियर बक्स तथा स्टेरिङ बक्समा प्रयोग गर्न सकिने बताइएको छ ।

इन्जिनभित्र पिस्टन र सिलिन्डरबीच हुने निरन्तर घर्षणका कारण हुने क्षतिलाई न्यूनीकरण गर्दै इन्जिन ब्लकलाई सुरक्षित राख्न र पुनःस्थापना गर्न यसले मद्दत गर्ने जनाइएको छ । सवारी साधनको मर्मत तथा दीर्घकालीन कार्यक्षमता सुधारमा उपयोगी मानिएको यो प्रविधिप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।

nactional life
Corporatebazar 11 Anniversary

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:१०

काठमाडौं । जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक...

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३५

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्ने उद्देश्यसहित सिजि...

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...