back

पाँचौं दिन पनि नेप्सेमा हरियाली

nactional life

काठमाडौं । लगातार पाँच कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक मंगलबार पनि बढेको छ। यस दिन नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ६.२५ अंक, फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले वृद्धि भएको छ।

कारोबार रकमसमेत बढेको छ। ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदै ७०७ रुपैयाँ १० पैसामा पुगेको छ। पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्य करिब १० प्रतिशत बढ्दा मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। घट्ने स्टकको गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदा रिडी हाइड्रोपावर र एसवाई प्यानल नेपाल पनि उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्। १३ उपसमूहमध्ये १२ उपसमूहका सूचक बढेका छन्, जसमा जलविद्युत उपसमूह सर्वाधिक २.१३ प्रतिशतले वृद्धि भएको छ। व्यापार उपसमूह भने सामान्य घटेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...