back

नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो

काठमाडौं । पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ ।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन् ।

यो संख्या उक्त अवधिमा आयात भएका कुल स्मार्टफोनको ८५.१३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कुल आयातको ७७.५० प्रतिशत थियो ।

गत आर्थिक वर्षको पहिलो सात महिनामा कुल १२ लाख २९ हजार ९५७ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालू आर्थिक वर्षको सोही अवधिमा कुल आयात १४ लाख १४ हजारभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै २ लाखले बढी हो ।

चिनियाँ ब्रान्डहरू जस्तै साओमी, भिभो, ओप्पो, अनर र रियलमिका साथै अमेरिकी एप्पल तथा दक्षिण कोरियाली ब्रान्ड सामसुङका केही मोडेलहरू भारतमै एसेम्बल हुने भए पनि भारतबाट नेपालमा हुने आयात घट्दो क्रममा रहेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट २ लाख ७२ हजार ६६ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालू आर्थिक वर्षको सोही अवधिमा भारतबाट २ लाख ४ हजार ६५८ ओटा मात्रै स्मार्टफोन भित्रिएका छन्, जुन कुल आयातको १४.४६ प्रतिशत मात्र हो ।

विगतमा भियतनामबाट पनि नेपालमा ठूलो परिमाणमा स्मार्टफोन आयात हुने गरेको थियो । यता भारत सरकारले चालू आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत इलेक्ट्रोनिक उद्योग प्रवद्र्धनका लागि सरकारी बजेट वृद्धि गरेको भए पनि त्यसको प्रभाव नेपाली बजारमा भने हालसम्म स्पष्ट देखिएको छैन । यसरी समग्रमा स्मार्टफोनको कुल आयात बढिरहेको अवस्थामा चीनको बजार हिस्सा झन् सुदृढ बन्दै गएको छ भने भारतबाट हुने आयातको अनुपात घट्दै गएको तथ्यांकले देखाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

८०० रुपैयाँले घट्यो सुनको मूल्य

८०० रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख ९ बुधवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ...

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५०

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र...