back

सडक सन्चालनमा आएको १३ बर्षपछि कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित

nactional life

मुगु । मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको १३ बर्ष वितिसकेपछि मात्र ताल्चा-गमगढी सडक कालोपत्रे गर्नकालागि कर्णाली प्रदेश सरकार बाट १६ करोड बजेट सुनिश्चित गरेको छ ।

कर्णाली प्रदेश सरकारले कालोपत्रे आयोजनासहित प्रदेशका बिभिन्न जिल्लाका योजनालाई बहुवर्षीय ठेक्कामा लैजाने प्रक्रिया अनुसार आर्थिक बर्ष २०८२।०८३ को कर्णाली प्रदेश भौतिक पूर्वधार तथा शहरी बिकास मन्त्रालयबाट विनियोजित वहुवषीृय योजना अन्तरगत प्राप्त स्रोत सहमतिका आधारमा मुगुको ताल्चादेखि गमगढीसम्मका सडक कालोपत्रे गर्ने बहुबर्षीय ठेक्काको लागि बजेटको स्रोत सुनिश्चित गरीएको छ ।

मन्त्रालयको फागुन ५ गते गरेको निर्णय अनुुसार बहुबर्षीय ठेक्का सहमति निर्देशिका ०७९ अनुसार आवश्यक प्रक्रिया अगाडि बढेको हो । ताल्चा गमगमढीसम्मको नौं किलोमिटर सडक कालोपत्रे गर्नको लागि १५ करोड ९९ लाख ३८ हजार रुपैंयाँ रहेको छ । मुगुका प्रदेश सांसद तथा पूर्वमन्त्री जित बहादुर मल्ल पहलपछि बिभिन्न प्रक्रिया पूरा भई बजेट सुनिश्चित भएको हो ।

ताल्चा गमगमढी कालोपत्रे बजेट सुनिश्चित संगही कर्णली प्रदेशमा रहेको लिखवाङ जिपसिंङ्ग झोपु रुकुम ,कमरेखोला झोपु डोल्पा,पानिगैरी झोपु निमार्ण रुकुम पश्चिम ,धारीखोला मोटरेवल पुल निमार्ण रुकुम पश्चिमका आयोजनाहरुको पनि बजेट स्रोत सुनिचित भएको कर्णाली प्रदेश सरकारका सदस्य जित बहादुर मल्लले बताएका छन् ।

मुगु जिल्ला राष्ट्रिय सडक सन्जाल जोडिएको १३ बर्ष वितिसक्दा पनि धुँवाधुलो र हिलोले यात्रुले हैरानी व्यहोर्दै आइरहेका छन् । अब सडक कालोपत्रे हुने भएपनि गुणस्तर र मापदण्ड अनुसार हुनुपर्ने उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...