back

सार्वजनीक भएको १४ महिना पछि नेपालमा एकाएक चर्चाकोमा आयो ‘क्लबहाउस’

काठमाडौँ । नेपालमा पछिल्लो समय ‘क्लबहाउस एप’ निकै चर्चामा आएको छ । सार्वजनिक भएको १४ महिना भइसकेपनि दुई हप्ता अघि क्लबहाउसको एन्ड्रोइड संस्करण सार्वजनिक भएसँगै यो चर्चामा आएको हो ।

यद्यपी क्लबहाउस एप गत वर्ष २०२० को अप्रिल महिनामै सार्वजनिक भएको थियो । यसलाई अल्फा एक्सप्लोरेसन कम्पनीका दुई डेभलपर पल डेभिसन र रोहन सेठले बनाएका हुन् । तर गएको फेब्रवरीमा एलन मस्कले क्लबसहाउसमा होस्ट भइरहेको एउटा रुममा सहभागिता जनाएर पाँच हजारभन्दा धेरै श्रोताहरुलाई प्रत्यक्ष सम्वोधन गरिसकेपछि क्लबहाउस विश्वभर चर्चित बनेको हो ।

क्लबहाउस वास्तावमा एउटा अडियोमा आधारित च्याटिङ प्लेटफर्मको साझा चौतारी हो । यो एक कुनै पनि विषयवस्तुमा छलफलका लागि निकै उपयोगि मानियएको छ । क्बलहाउसभित्र धेरैवटा क्लब तथा रुमहरु हुन्छन् जहाँ कुनै पनि निर्दिष्ट विषयमा मानिसहरु कुराकानी गरिरहेका हुन्छन् । क्लबहाउस प्रयोग गर्ने व्यक्तिले आफूलाई मन परेको कुनै पनि रुममा बिना कसैको अनुमति बिनै छिरेर कुराकानी सुन्न सक्छन् । यसबाहेक आफूलाई कुनै विचार वा भनाई राख्नु पर्ने अवस्थामा हात उठाउने आईकन थिचेर माथि रहेको स्पिकर प्यानलमा गइ आफ्नो विचार पनि राख्न सक्छन् । आफ्ना भनाईहरु राखिसकेको खण्डमा पुन तल अडियन्समा फर्किएर निस्क्रियरुपमा सुनेर बस्न सकिन्छ ।

यदि रुममा भइरहेको कुराहरु मन नपरेको खण्डमा ‘लिभ क्वाइटली’ मा ट्याप गरी चुपचाप रुम छोडेर निस्कन सकिन्छ । बाहिर आइसकेपछि अन्य रुमहरु पनि सञ्चालन भइरहेको प्रयोगकर्ते देख्न सक्छन् आफूलाई मन परेको रुममा पहिले जसरी नै एकाएक छिरेर सुनेर त्यसैगरी निस्कन सकिन्छ ।

यसमा आफ्नो देशभित्रको अर्थात आफुले व्यक्तिगत रुपमा चिनेको व्यत्ति विशेष समूहमात्रै नभई देशभन्दा बाहिरका मानिसहरुले सञ्चालन गरिरहेको रुममा समेत पसेर सुन्ने तथा कुरा राख्न सकिन्छ । यसबाहेक आफैले कुनै रुम सुरु गरी त्यसमा अरुलाई इन्भिटेसन पठाएर सामुहिक छलफल पनि चलाउन पनि मिल्छ ।

तर यदि कोही व्यक्ति क्लबहाउसलाई पहिलोपटक प्रयोग गर्दैछ भने उसले साइनअपको प्रक्रियामा आफ्नो रुची र विज्ञताको क्षेत्रहरुलाई चयन गर्नुपर्छ जसको लागि चयन गर्ने विकल्पको सुविधा समेत प्रारम्भिक चरणमा क्लबहाउस आफैले उपलब्ध गराएको छ । यसो गर्दा क्लबहाउसको एल्गोरिदमले प्रयोगकर्तालाई उसको रुची र विज्ञतासँग सम्बन्धित होस्ट भइरहेका रुमहरु सिफारिस गर्दछ ।

साथै क्लबहाउसमा प्रयोगकर्ताले एकअर्कालाई फल्लो तथा फल्लोब्याक गर्ने सुविधा पनि हुन्छ । आफूलाई मन परेको तथा समान रुची भएका मानिसहरुलाई फल्लो तथा फल्लोब्याक गर्नसकिन्छ । यसरी फल्लो गरिएका मानिसहरु कुनै रुममा प्रवेश गरेका छन् भने त्यसको नोटिफिकेसन पनि पाउन सकिन्छ । साथै आफू छिरेको कुनै रुममा आफ्ना फल्लोअर्सलाई पिन गरी बोलाउन सक्ने व्यवस्था समेत रहेको हुन्छ । साथीहरुलाई रुम तथा क्लबहाउसमा बोलाउन इन्भिटेसनको प्रचलन रहेको कारण यसलाई इन्भिटेसन अन्ली एप समेत भन्ने गरिन्छ ।

क्लबहाउसको यूजर इन्टरफेस पनि एकदमै सरल र स्पष्ट नै पाईएको छ । यसमा माथिल्लो बायाँ कुनामा सर्च बटन छ जहाँ व्यक्ति तथा क्लब खोज्न सकिन्छ । यस्तै अर्को इन्भिटेसनको बक्स हुन्छ त्यहाँ गएर आफ्नो कन्ट्याक्ट लिस्टमा भएका मानिसहरुलाई क्लबहाउसमा जोडिन इन्भिटेसन पठाउन सकिन्छ । त्यसपछि रहेको क्यालेण्डर आइनभित्र तपाईंले विभिन्न रुमहरुको समयतालिका देखिने छ । यस्तै अर्को नोटिफिकेसन आइन र दायाँ कुनामा आफ्नो प्रोफाइल आइन हुन्छ । कुनै पनि क्लबहाउसको रुममा कोको सहभागी छन् भन्ने कुरा बाहिरबाटै पनि हेर्न सकिन्छ । यसमा एउटा रुममा एकपटकमा हजार भन्दा धेरै व्यक्तिहरु अटाउन सक्छन् ।

यद्यपी यसमा फेसबुक, ट्वीटर, इन्स्टा, भिडियो कन्फ्रेन्सिङ एपमा जस्तो टेक्सटिङ तथा भिडियोको सुविधा छैन । यसमा रहेको अडियो फिचर एकदमै क्लियर र क्रिप्स छ । पूर्णतह अडियोमा आधारित भएको कारण एपलाई मिनिमाइज गर्दा पनि मज्जाले चल्दछ । यसैले अन्य काममा लाग्दै तपाईंले क्लबहाउसमा सहभागिता जनाउन सक्नुहुन्छ ।

हाल क्लबहाउसमा शेयर बजार, राजनीति, समाज, संगित, बजेट, आधात्म, समसामयिक विषय, व्यवसाय लगायत विभिन्न विषयमा रुम छलफल भइरहेका देखिन्छन् । यी कुनै पनि रुममा प्रवेश गरेर तपाँईले सुन्न सकिने छ ।

क्लबहाउस एप आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ । यद्यपी यो वेब एप्लिकेसन भर्सनमा भने हालसम्म उपलब्ध छैन । आईओएसमा सबै र एन्ड्रोइडमा ४.४ र त्यसभन्दा माथिका भर्सन रहेको जुनसुकै डिभाइसमा यो प्रयोग गर्न सकिन्छ ।

अहिलेका अधिकांश सामाजिक सञ्जालहरुले मानिसहरुको समयलाई धेरैभन्दा धेरै खपत गरिदिने र खराब लत बसाइदिइरहेको अवस्थामा क्लब हाउस एकदमै नविन अवधारणा बोकेर आएको छ । अन्य सञ्जालमा सबै काम छाडेर आफूलाई पूर्णरुपमा होमाउनु पर्छ भने यसमा कानले मात्र सुनेर आफूलाई अन्य कुरामा पनि संलग्न गराउन सकिन्छ ।

आफूलाई मन पर्ने र अर्थपूर्ण लाग्ने सामाग्रीमा मात्र आफूलाई केन्द्रित गराउने विकल्प पनि क्लबहाउसले प्रदान गरेको छ जहाँ तपाईंको विचार र जिज्ञासानहरु रियल टाइममा सम्बोधन भइरहेका हुन्छन् ।

विश्व डिजिटल रुपान्तरणमा गइरहँदा सामाजिकरणको अभ्यासलाई निरन्तरता दिन सोसल एपहरुले विशेष भूमिका खेलिरहेका हुन्छन् । जसमा परम्परागत सोसल मिडियाका कमजोरीहरुलाई सम्बोधन गर्दै क्लब हाउसले आफूलाई यो युगको अब्बल प्लेटफर्ममा स्थापित गराइरहेको छ ।

२०७८ जेठ २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...