back

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

nactional life

काठमाडौं ।बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार उच्च अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको १ लाख २१ हजार ९९२ पटकको कारोबारमा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...