back

कोरोनाबाट एउटै घरका आमा र दुई छोराको मृत्यु

nactional life

उदयपुर । कोरोना सङ्क्रमणका कारण उदयपुरमा एउटै परिवारका आमा र दुई छोराको ज्यान गएको छ । जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।

आज बिहान पुनः होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको हो । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएका थिए । स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले एउटै घरका दुई छोरा र आमाको कोरोनाका कारण मृत्यु भएको जिल्लाकै पहिलो घटना भएको बताए । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

२०७८ जेठ २० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...