back

नेप्से सुचकमा नयाँ रेकर्ड, कारोबार रकममा पनि उछाल

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज नेप्से १.०५ प्रतिशत अर्थात २९.६४ अङ्कले बृद्धि भएको नेप्से २८५६.७७ बिन्दुमा रोकिएको छ ।
यस अघि गत जेठ १६ गते आइतबार नेप्से १.१३ प्रतिशतले बढेर २८४७.३० बिन्दुमा पुगेको थियो ।
बिहीबार २१८ ओटा कम्पनीको एक लाख ५५ हजार ६५५ पटकको व्यापारमा ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर खरिदबिक्री हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचक बृद्धिसँगै आज बजार पूँजीकरण रकम पनि ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार पुगेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये चारओटा समूहको परिसूचकबाहेक सबै समूहको परिसूचकमा हरियाली छाएको छ । आज बैंकिङ, विकास बैंक, वित्त र होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । यी समूहको परिसूचक सबैभन्दा बढी अङ्कले बृद्धि भएको छ ।

आजको कारोबारमा बैंक समूहको परिसूचक २.७१ प्रतिशत, विकास बैंक समूहको ३.७२ प्रतिशत, वित्त समूहको ३.३४ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३२ प्रतिशतले परिसूचक बृद्धि भएको हो ।

यसैगरी म्युचुअल फण्डको लगानीकर्ताहरुले १.२९ प्रतिशत, लघुवित्तको ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.२२ प्रतिशत, जीवन बीमा समूहको ०.०३ प्रतिशत र लगानी समूहका लगानीकर्ताहरुले पनि ०.०७ प्रतिशतले नाफा बृद्धि गरेका छन् ।

यो दिन हाइड्रो पावर समूहको परिसूचक २.०४ प्रतिशत, निर्जीबन बीमा समूहको ०.७६ प्रतिशत, अन्य समूहको ०.७२ प्रतिशत र व्यापारिक समूहको परिसूचक ०.२३ प्रतिशतले घटेको छ ।

बिहीबार मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीहरुको शेयरमूल्य क्रमशः ७५ रुपैयाँ र ४३२ रुपैयाँले बृद्धि भएको हो । यसैगरी गोर्खाज फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९ प्रतिशत बढीले बृद्धि भएको छ ।

बढेको बजारमा आज पञ्चकन्यामाई हाइड्रो पावर र राधी विद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । पञ्चकन्याका लगानीकर्ताहरुले ५.९२ प्रतिशत र राधीका लगानीकर्ताहरुले ५.०६ प्रतिशतले नाफा गुमाएका हुन् ।

आजको कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनीको हिस्सा सर्वाधिक बढी देखिएको छ । उक्त कम्पनीको एक अर्ब २ करोड ७० लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसैगरी छिमेक लघुवित्त विकास बैंकको पनि ६८ करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख ९२ हजार रुपैयाँ, नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख ७० हजार रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३३ करोड १३ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

२०७८ जेठ २० गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...