back

नेप्से सुचकमा नयाँ रेकर्ड, कारोबार रकममा पनि उछाल

nactional life

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज नेप्से १.०५ प्रतिशत अर्थात २९.६४ अङ्कले बृद्धि भएको नेप्से २८५६.७७ बिन्दुमा रोकिएको छ ।
यस अघि गत जेठ १६ गते आइतबार नेप्से १.१३ प्रतिशतले बढेर २८४७.३० बिन्दुमा पुगेको थियो ।
बिहीबार २१८ ओटा कम्पनीको एक लाख ५५ हजार ६५५ पटकको व्यापारमा ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर खरिदबिक्री हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचक बृद्धिसँगै आज बजार पूँजीकरण रकम पनि ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार पुगेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये चारओटा समूहको परिसूचकबाहेक सबै समूहको परिसूचकमा हरियाली छाएको छ । आज बैंकिङ, विकास बैंक, वित्त र होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । यी समूहको परिसूचक सबैभन्दा बढी अङ्कले बृद्धि भएको छ ।

आजको कारोबारमा बैंक समूहको परिसूचक २.७१ प्रतिशत, विकास बैंक समूहको ३.७२ प्रतिशत, वित्त समूहको ३.३४ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३२ प्रतिशतले परिसूचक बृद्धि भएको हो ।

यसैगरी म्युचुअल फण्डको लगानीकर्ताहरुले १.२९ प्रतिशत, लघुवित्तको ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.२२ प्रतिशत, जीवन बीमा समूहको ०.०३ प्रतिशत र लगानी समूहका लगानीकर्ताहरुले पनि ०.०७ प्रतिशतले नाफा बृद्धि गरेका छन् ।

यो दिन हाइड्रो पावर समूहको परिसूचक २.०४ प्रतिशत, निर्जीबन बीमा समूहको ०.७६ प्रतिशत, अन्य समूहको ०.७२ प्रतिशत र व्यापारिक समूहको परिसूचक ०.२३ प्रतिशतले घटेको छ ।

बिहीबार मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीहरुको शेयरमूल्य क्रमशः ७५ रुपैयाँ र ४३२ रुपैयाँले बृद्धि भएको हो । यसैगरी गोर्खाज फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९ प्रतिशत बढीले बृद्धि भएको छ ।

बढेको बजारमा आज पञ्चकन्यामाई हाइड्रो पावर र राधी विद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । पञ्चकन्याका लगानीकर्ताहरुले ५.९२ प्रतिशत र राधीका लगानीकर्ताहरुले ५.०६ प्रतिशतले नाफा गुमाएका हुन् ।

आजको कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनीको हिस्सा सर्वाधिक बढी देखिएको छ । उक्त कम्पनीको एक अर्ब २ करोड ७० लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसैगरी छिमेक लघुवित्त विकास बैंकको पनि ६८ करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख ९२ हजार रुपैयाँ, नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख ७० हजार रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३३ करोड १३ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

२०७८ जेठ २० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...