back
Naima

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा सभा सम्पन्न गरेको हो ।

सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो...

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

वि.सं.२०८३ साउन २८ बिहीवार १३:४७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले प्रचलित...

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

वि.सं.२०८३ साउन २८ बिहीवार १०:३८

काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स...

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

वि.सं.२०८३ साउन २७ बुधवार १९:३७

काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

वि.सं.२०८३ साउन २७ बुधवार १९:१८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मा...